सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

डिएमसिका विद्यार्थीलाई नन् क्रेडिट कक्षा

डिएमसिका विद्यार्थीलाई नन् क्रेडिट कक्षा


  • ढोरपाटन संवाददाता
  • असार १० २०८२, मंगलबार

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस (डिएमसि)मा बिबिए अध्ययनरत सातौं सेमेस्टरका विद्यार्थीका लागि ४८ घण्टे नन् क्रेडिट कक्षा सम्पन्न भएको छ । १६ दिनसम्म चलेको कार्यक्रममा ग्लोबल टच प्रालिका कार्यकारी अधिकृत ऋषिराम पौडेल, विभागीय प्रमुख हेमराज गौतम, युनिक अधिकारी, सूर्य सुवेदी, सुन्दर सुवेदी लगायतले सहजीकरण गरेका थिए ।

आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी मोहन प्रसाद आचार्य र बसन्त सापकोटाले कर तथा लेखा सम्बन्धी बिषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा बिबिए संयोजक जोहन बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापा, क्याम्पस प्रमुख डा. सुर्दशन सिलवाल लगायतले शुभकामना दिएका थिए । गत जेठ २२ गतेदेखि कार्यक्रम संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->