बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

टप्समा एसईई कपका बिजेतालाई पुरस्कार वितरण, विद्यालयको लोगो अनावरण

टप्समा एसईई कपका बिजेतालाई पुरस्कार वितरण, विद्यालयको लोगो अनावरण


  • ढाेरपाटन संवाददाता
  • असार ११ २०८२, बुधबार

पोखरा/ पोखरा १० बुद्धचोकस्थित टप्स सेकेन्डरी विद्यालयद्वारा आयोजित एसईई कप २०८२ का बिजेता टीम तथा खेलाडीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले यही असार ५ गते देखि सुरु गरेको एसईई कप मंगलबार सकिएको थियो ।

एसईई कप अन्तर्गत फुटसल, भलिवल (छात्र र छात्रा), बास्केटबल (छात्र र छात्रा) र विज्ञान हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । खेलसंयोजक विमल देवकोटाका अनुसार ७४ टीम सहभागी रहेको फुटसल प्रतियोगितामा ८ व्वायज बिजेता, सरस्वती फुटसल क्लब उपविजेता बनेका छन् । फुटसलमा हाइ स्कोरर र उत्कृष्ट खेलाडी संगम गुरुङ र सुमन परियार भएका थिए । यसैगरी बेस्ट गोलकिपर विशाल परियार बन्न पुगे । यसैगरी छात्र भलिबल प्रतियोगितामा ४८ टीम सहभागी भएकोमा न्यू ग्यालेक्सीले उपाधि जित्न सफल भयो भने गलकोट व्वायज उपविजेतामा चित्त बुझायो । छात्रा भलिवलतर्फ २२ टीम सहभागी रहेकोमा शान्ता मावि प्रथम र योङ चेली उपबिजेता बन्यो । छात्र भलिबलतर्फ मनोज मगर र छात्रातर्फ आशिका पुन उत्कृष्ट खेलाडी घोषित भए ।

छात्र बास्केटबल प्रतियोगितामो २४ टीम सहभागी भएकोमा बे.न.पा. ग्रीन बिजेता र अन्नपूर्ण कास्की उपबिजेता भए । यसैगरी बास्केटबलमा छात्रातर्फ काठमाडौं बलर्स बिजेता र मर्दीखोला टीम उपबिजेता बन्न सफल भए । छात्रा बास्केटबलमा १२ टीमको सहभागिता थियो । ३६ टीम सहभागी रहेको विज्ञान हाजिरी जवाफ प्रतियोगितामा न्यू मोडल मावि प्रथम, गण्डकी बोर्डिङ स्कुल द्वितीय र केफ मावि तृतिय हुन सफल भऐ । बिजयी खेलाडी तथा टीमलाई नगद पुरस्कार, मेडल, ट्रफी, प्रमाणपत्र र छात्रबृत्तिसमेत प्रदान गरिएको विद्यालयका अध्यक्ष बलबहादुर थापाले बताए । थापा र प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ अधिकृत कृष्ण भण्डारीले पुरस्कार वितरण गरेका थिए ।

लोगो अनावरण
यसैबीच विद्यालयले आफ्नो नयाँ लोगो अनावरण गरेको छ । यसै शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा आएको टप्स सेकेन्डरी विद्यालयले नयाँ लोगो प्रयोगमा ल्याएको हो । टप्स फाउन्डेशन प्रालिका अध्यक्ष बलबहादुर थापा र प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ अधिकृत कृष्ण भण्डारीलेले संयुक्त रुपमा लोगो अनावरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->