स्याङ्जा/पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जाका सबै पालिकाकाले आर्थिक बर्ष ०८२/८३ को अनुमानित बजेट ल्याएका छन् । यहाँका ११ पालिकाले चालु तथा पुँजीगत गरेर सात अर्ब ३५ करोड ४७ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएका छन् ।
यहाँ नगरपालिकातर्फ सबैभन्दा धेरै वालिङ नगरपाकिाले एक अर्ब पाँच करोड ७६ लाख नौ हजार नौ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ । यस्तै पुतलीबजार नगरपालिकाले एक अर्ब तीन करोड ९६ लाख रुपैयाँको बजेट ल्याएकोे हो । यहाँ बजेटमा चालुतर्फ ६४ करोड आठ लाख र पँुजीगत तर्फ ३९ करोड ८८ लाखको बजेट प्रस्ताव गरिएको हो ।
यस्तै भिरकोट नगरपालिकाले ८२ करोड २८ लाख ५२ हजार बराबरको बजेट ल्याएको हो । यहाँ बजेटमा चालूतर्फ ६३ करोड ९७ लाख ८६ हजार र पुँजीगततर्फ १८ करोड ३० लाख ६६ हजार रहेको छ । गल्याङ नगरपालिकाले ७५ करोड ९५ लाख ४९ हजार ३ सय ४३ रुपैयाँ बराबरको बजेट ल्याएको छ । बजेटमा चालुतर्फ ४८ लाख ३७ हजार ४५ हजार र पुँजीगततर्फ २७ करोड ५८ लाख चार हजार ३ सय ४३ रुपैयाँ रहेको छ ।
चापाकोट नगरपालिकाले ७५ करोड एक लाख ७२ हजार ८ सय २० रुपैयाँ बराबरको बजेट ल्याएको छ । यहाँ चालुतर्फ ५९ करोड एक लाख ७२ हजार ८ सय २० र पुँजीगततर्फ १६ करोड रहेको छ ।
गाउँपालिकातर्फ सबैभन्दा धेरै कालीगण्डकी गाउँपालिकाले ६१ करोड ६० लाख ५९ हजार बराबरको बजेट ल्याएको हो । यहाँ चालुतर्फ ३८ करोड १९ लाख ५६ हजार ५ सय ८० र पुँजीगततर्फ २३ करोड ४१ लाख दुई हजार ४ सय २० रुपैयाँ रहेको छ ।
यस्तै आँधीखोला गाउँपालिकाले ५२ करोड ४५ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको छ । पालिकाले ल्याएको बजेटमा चालु तर्फ ३४ करोड १३ लाख ५६ हजार र पुँजीगततर्फ १८ करोड ३२ लाख रहेको छ ।
यस्तै बिरुवा गाउँपालिकाले ४८ करोड ६० लाख ५८ हजार ५ सय ६१ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको हो । यहाँ चालुतर्फ ३५ करोड ३२ लाख छ हजार ५ सय ६१ र पुँजीगततर्फ १३ करोड ३८ लाख ५२ हजार रहेको छ ।
यस्तै अर्जुनचौपारी गाउँपालिकाले ४५ करोड ३७ लाख १० हजार ६ सय ५३ रुपैयाँको बजेट ल्याएको हो । यहाँ चालुतर्फ ३२ करोड सात लाख २० हजार र पुँजीगततर्फ १३ करोड २९ लाख ९० हजार ६ सय ५३ रुपैयाँको अनुमानित बजेट रहेको छ ।
हरिनाश गाउँपालिकाले ४३ करोड ४२ लाख ५० हजार बराबरको बजेट ल्याएको हो । यहाँ चालुतर्फ २६ करोड ३८ लाख र पुँजीगततर्फ १७ करोड चार लाख ५० हजार रहेको छ ।
यस्तै फेदीखोला गाउँपालिकाले ४१ करोड तीन लाख ५३ हजार दुई सय बराबरेका बजेट ल्याएको हो । बजेटमा चालु खर्च २९ करोड ७९ लाख १५ हजार दुई सय र पुँजीगत खर्च ११ करोड २४ लाख ३८ हजार रहेको छ । स्याङ्जामा पालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।





