आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बडिगाडमा बस र जिप ठोकिंदा पाँच जना घाइते

बडिगाडमा बस र जिप ठोकिंदा पाँच जना घाइते


  • अनिष पाठक
  • असार १३ २०८२, शुक्रबार

बागलुङ/पश्चिम बागलुङको बडिगाड गाँउपालिका वडा नं. ७ भिमगिठेमा बस र पिकअप जिप एकआपसमा ठोकिंदा पाँच जना घाइते भएका छन् ।

विपरित दिशामा गुडिरहेका बस र पिकअप जिप एकआपसमा ठोकिंदा गलकोट नगरपालिका वडा नं. ८ का श्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी घाइते भएका छन् । उनीहरुको अनुहार र हातमा चोट लागेकोले स्थानीय स्वास्थ्य संस्थामा उपचार चलिरहेको बडिगाड गाउँपालिकाका नगर प्रहरी हवल्दार कमल रानाले जनाकारी दिए ।

बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ८२८६ नम्बरको बस र गलकोटबाट बोबाङतर्फ जाँदै गरेको घ १ ज ४२० नम्बरको पिकअप जिप एक आपसमा ठोकिएका हुन् । प्रहरीले पिकअप चालक कृष्णबहादुर खत्री र बस चालक श्याम बहादुर रजौंलीलाई नियन्त्रणमा लिएको छ । बसमा नौ र जिपमा सात जना सवार थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->