बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हिमालयनका सोनिया र रोसिकाले ल्याए ४ जिपिए

हिमालयनका सोनिया र रोसिकाले ल्याए ४ जिपिए


  • ढाेरपाटन संवाददाता
  • असार १५ २०८२, आइतबार

पोखरा/ पोखराको घारीपाटनस्थित हिमालयन बोर्डिङ स्कुलका २ छात्राले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएका छन् । छात्राद्वय सोनिया गुरुङ र रोसिका न्यौपानेले ४ जिपिए ल्याएका स्कुलले जनाएको छ ।

यस्तै ३२ जनाले ए प्लस, ८ जनाले ए र एक जनाले बि प्लस ग्रेड ल्याएका छन् । विद्यालयका प्रिन्सिपल डा. टेकनारायण पौडेलले विद्यालयले पहिलो पटक एसइईमा ४ जिपिए ल्याएको बताए । ‘यो नतिजा आकस्मिक नभई निरन्तरको मिहेनत, अनुशासन, समर्पण र सकारात्मक शैक्षिक वातावरणको परिणाम हो । हिमालयन बोर्डिङ स्कुल सधैं विद्यार्थीको समग्र विकासमा विश्वास गर्छ । जहाँ ज्ञानसँगै नैतिकता, आत्मविश्वास र सामाजिक जिम्मेवारी पनि सिकाइन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->