आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गलकोटका सबै माध्यमिक तहका विद्यालय शुद्ध पानी

गलकोटका सबै माध्यमिक तहका विद्यालय शुद्ध पानी

गलकोट नगरपालिकाले चालु आर्थिक वर्षको २० लाख रुपैयाँ बजेटमा माध्यामिक तह संचालन भएका सबै विद्यालयमा ‘आरो विधि’को धारा निर्माण गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८२, सोमबार

बागलुङ/श्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा शुद्ध पिउने पानीको अभाव थियो । मुलबाटै आउने भएपनि पिउनका लागि समस्या भएपछि शुद्द बनाउने विधिको खोजीमा रहेका विद्यालयले पहिलोपटक नयाँ विधिले पानी खान थालेका छन् ।

गलकोटका १५ विद्यालयमा १६ वटा ‘आरो विधि’को खानेपानी जडान गरिएको छ । यो विधिले पानीको शुद्दिकरण गरेर सिधै धारोबाटै पिउन योग्य बनाइएको छ । पानी परीक्षण गरेपछि शुद्धीकरणको सुझाव आएको थियो । सो सुझाव अनुसार मुलको पानीलाई समेत पिउन योग्य बनाइएको हो । गलकोट नगरपालिकाले चालु वर्षको २० लाख रुपैयाँ लागतमा माध्यामिक तह संचालन भएका सबै विद्यालयमा यो विधिको धारा निर्माण गरेको हो ।

पहिलो चरणमा मावि तहका विद्यालयमा संचालन भएको यो विधि क्रमशः सबै विद्यालयमा पु¥याउने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । ‘हरेक बालबालिकाले शुद्द पानी पिउन पाउनुपर्छ भन्ने मान्यताले यो विधि जडान गरेका छौं,’उनले भने, ‘एउटै विद्यालयमा आधादर्जन धारा जोडिएका छन् । ती धारा अपांग र बालमैत्री समेत छन् ।

दुइ वर्षअघि गलकोटले बालमैत्री नगर घोषणा गरेको थियो । बालमैत्री नगर दिगोपनाका लागि आवस्यक सूचक पुरा गर्दै लैजाने क्रममा शुद्द पानीको आवस्यकता देखेर लगानी गरिएको सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताए । यसअघि अधिकांस बालबालिकाले सिधै मुलको पानी खाने गर्थे । प्राविधिक रुपमा परीक्षण गर्दा ती पानीका मुहान पनि आवश्यकता अनुसारको शुद्दता नपाएपछि हरेक विद्यालयमा कम्तिमा २ वटा ट्यांकी राखेर पानी वितरण गरिएको छ ।

गलकोट माविमा भने विद्यार्थी संख्या धेरै भएकोले यहाँ भने अन्य विद्यालयको जस्तै दुइवटा प्लान्ट जडान भएको छ । ‘विद्यार्थी संख्याको आधारमा पनि गलकोट माविमा पानी नपुग्ने भएपछि दुइवटा प्लान्ट जोडेका छौं,’ भण्डारीले भने, ‘यो विधि अब सबै विद्यालयमा लैजाने लक्ष्य छ ।’ यो विधिको पानी खान पाएपछि पूर्ण स्वास्थ्य र पूर्ण सरसफाइको सूचकमा पनि गलकोट अब्बल बन्ने उनले बताए ।
बालमैत्री नगर घोषणापछि दिगोपनाका लािग धेरै प्रकारका सूचकहरु पुरा गर्नुपर्ने कानूनी र व्यवहारिक बाध्यता छन् । ती सूचकहरु भौतिक निर्माण, शिक्षा र स्वास्थ्यमा बढी छन् । स्वास्थ्यमा त शुद्ध पानी खाने विधि नै पहिलो भएकोले यो लगानी गरेर बालबालिकालाई वितरण गरिएको गैरेले बताए ।

बालमैत्री नगर घोषणाअघि वडा तहमा पूर्ण सरसफाइ घोषणा पनि सुरु भएको थियो । अझै त्यो अभियान भने पुरा भएको छैन । तर खानेपानीका मुहान शुद्ध बनाएर हरेक घरमा वितरण गरिने पानीलाई शुद्धीकरण गर्ने काममा भने नगरपालिकाले योजना पनि बनाइरहेको हो ।

एक घर एक धारा अभियानमा पनि गलकोटले सफलता पाउन लागेको छ । ग्रामीण बस्तीमाबाहेक बजार क्षेत्रमा भने हरेक घरमा धारा, शौचालय र सरसफाइका सूचक पुरा भैसकेका छन् । त्यस बाहेक शिक्षामा गुणस्तर बढाउने अभियानमा पनि नगरपालिकाले काम गरिरहेको छ । भौगोलिक रुपमा टाढा भएका बस्तीका बालबालिकालाई आवास व्यवस्थापन गर्ने काम पनि गरेको छ ।

गलकोट माविमा बालिकालाई महिनावारी भएको समयमा नुहाउने र कपडा फेर्ने कोठा समेत बनाइएको छ भने महेन्द्र मावि नरेठाँटीले सहरी विकास कार्यक्रममार्फत् आधुनिक शौचालय र स्नानगृह समेत बनाएको छ । बजेट र आवश्यकता अनुसार अन्य विद्यालयमा पनि यो विधि लैजाने लक्ष्य राखेको नगरप्रमुख गैरेले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->