आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युवालाई सक्रिय बनाउन भातृ संगठनको अधिवेसन : खड्का

युवालाई सक्रिय बनाउन भातृ संगठनको अधिवेसन : खड्का


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८२, आइतबार

बागलुङ/नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चम्पादेवी खड्काले युवाहरुको माग सम्बोधन गर्न पार्टी नेतृत्वसमक्ष माग गरेकी छिन् । काठमाण्डौंमा जारी केन्द्रीय समितिको बैठकमा खड्काले गुट उपगुटमा युवालाई नबाँड्न पनि आग्रह गरिन् ।

भातृ संगठनको अधिवेसन छिटो गर्न तथा आगामी महाधिवेसनमा युवाहरुलाई सक्रिय बनाउन नेतृत्वले पहल गर्न ढीला भैसकेको उनको धारणा थियो । भातृ संगठनहरुको अधिवेसन गर्न विशेष समिति गठन गर्नुपर्ने, समयसापेक्ष विधान निर्माण गर्नुपर्ने र तोकिएको समयमा पार्टीका कार्यक्रम र अधिवेसन गर्न पनि उनले सुझाव दिइन् ।

खड्काले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङको नीति लागू गर्न संघिय सरकारले पनि पहल गर्नुपर्ने भन्दै कांग्रेसले पनि सरकारलाई यो नीति पालनाका लागि पहल गराउन माग गरिन् । पार्टीको सदस्यता व्यवस्थापन गर्न नसके छुटेका क्रियाशिललाई समावेश गर्न गाह्रो हुने भन्दै त्यसमा पार्टीको ध्यान नगएको, पार्टीका सबै काम र सदस्यतालाई डिजिटल बनाउनुपर्ने समेत उनले धारणा राखिन् ।

केन्द्रीय सदस्य भएपछि सार्वजनिक सरोकार र पार्टी कार्यकर्ता तथा युवाको हितमा खड्काले पहिलो पटक यतिधेरै विषय केन्द्रीय समितिमा राखेकी हुन् । उनले पार्टीको विचार, मूल्य र एजेण्डा युवापुस्तामा सार्न नसके पार्टी अगाडि बढ्न नसक्ने भन्दै जनप्रतिनिधिहरुको कामको मूल्यांकन गर्ने पार्टीले संयन्त्र बनाउनुपर्ने धारणा राखिन् । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा नीति प्रभावकारी बनाउन कांग्रेसले दबावमूलक भूमिका खेल्नुपर्ने उनको सुझाव छ ।

आर्थिक क्षेत्रको विकासमा पनि खड्काले चासो राखेकी थिइन् । उनले नेपाली पूजि र अनुभवलाई नेपालले स्थानीय अर्थतन्त्रमा रुपान्तरण गर्न सक्नुपर्ने बताइन् । त्यसका लागि स्थानीय उत्पादनमा जोड दिएर आत्मनिर्भर स्थानीय तहको परिकल्पना अनुसार काम गर्न पनि पार्टीले ढीला गर्न नहुने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->