बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बाढीले विद्युत आयोजना बगायो, दुई घर विस्थापित

बाढीले विद्युत आयोजना बगायो, दुई घर विस्थापित

बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापहुँदै बग्ने कालुङ्खोले सोही ठाउँमा रहेको उपल्लो कालुङ्खोला लघु जलबिद्युत आयोजना बगाएको हो ।


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८२, बुधबार

बागलुङ/अविरल वर्षासँगै खोलामा आएको बाढी र गेग्रानकाले बागलुङमा लघुजलबिद्युत आयोजना, पुल र घरहरुमा क्षती पुर्याएको छ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापहुँदै बग्ने कालुङ्खोले सोही ठाउँमा रहेको उपल्लो कालुङ्खोला लघु जलबिद्युत आयोजना बगाएको हो ।

बुधबार बिहानपख आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले बताए । आयोजनाका प्राबिधिक राम बहादुर क्षेत्रीले रातीनै भागेर ज्यान जोगाए । खोलामा बाढी आएपछि रातको समयमा भागाभाग भएको थियो । खोलाले गत बर्ष ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल समेत बगाएको आचार्यले बताए । बाढीले केन्द्रिय बिद्युत प्रसारण लाईनको ट्रान्सफर्मरमा समेत क्षती पुर्याएको छ । स्थानीय बिद्युत आयोजना बग्ने र केन्द्रिय बिद्युतको प्रसारण रोकिएपछि पैञ्युथन्थापका १३० घर अन्धकारमा छन् । स्थानीय उद्योगहरु समेत बिद्युत नभएका कारण बन्द भएका छन् ।

बाढी घरघरमै पसेपछि पैञ्युथन्थापकै खरेयाबोटका दुई घर परिवार बिस्थापित भएका छन् । ७ परिवार बाढी र पहिरोको जोखिममा रहेको आचार्यले बताए । बाढीले खोला छेउका खेतियोग्य जमिनमा केही दिन अघि लगाईएको धानबाली सखाप पारेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । बाढीका कारण भएको क्षतीको बिबरण आउन अझै बाँकी छ । घटनास्थलमा प्रहरी पुग्दै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->