बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयबाट एसईईमा संलग्न भएका १५ जना विद्यार्थीले उत्कृष्ट नतिजा ३.७० देखी ३.८७ जिपीए ल्याएका थिए ।
उनीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतम, जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख प्रकाशबन्धु अर्याल र प्रिन्सिपल कृष्ण प्रसाद अधिकारीले प्रशंसा पत्रसहित खादा र अबिर लगाएर सम्मान गरेका थिए । सो अवसरमा कक्षा १० मा अध्यापन गराउने शिक्षकहरुलाई समेत विद्यालयले सम्मान गरेको थियो भने आफ्ना बालबालिकालाई उत्कृष्ट नतिजा ल्याउन सहयोग गरेको भन्दै अभिभावकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतम लगायत सम्पुर्ण शिक्षकलाई सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख प्रकाशबन्धु अर्यालले उत्कृष्ट नतिजा हासिल गरेर न्यु एभरेष्ट एकेडेमी जिल्लामै नुमना विद्यालयको रुपमा स्थापित भएको बताए । उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, वडा अध्यक्ष जयबहादुर खत्री, अभिभावक धनबहादुर परियार, विद्यालयका संस्थापक शिक्षक राधाकुमारी लामिछाने, पत्रकार महासंघका सल्लाहकार तारानाथ आचार्य, शिक्षक शिव पोखरेल, अभिभावक बालिका खनाल, शर्मिला पन्त, रोशनी घर्ति, जिल्ला बाल संजालका अध्यक्ष अनुष्का कँडेल, विद्यार्थी स्वीकृति बोगटी, रोशनी घर्तिले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले विद्यालयलाई विद्यालयलाई पैसा कमाउने थलोको रुपमा नभै उत्कृष्ट शिक्षा हासिल गर्ने पबित्र संस्थाको रुपमा स्थापित गर्नका लागि आफुहरु लागिपरेको बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक सुनिता अधिकारी र पुष्पा क्षेत्रीको स्वागत मन्तव्य र शिक्षक माधव प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।





