बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

माधव नेपाल र वामदेव गौतमबिच पार्टी एकताको सहमति, साउन २ मा घोषणा

माधव नेपाल र वामदेव गौतमबिच पार्टी एकताको सहमति, साउन २ मा घोषणा


  • ढाेरपाटन संवाददाता
  • असार २७ २०८२, शुक्रबार

काठमाडौं/ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने शुक्रबार सहमति भएको छ ।

अध्यक्ष नेपाल र गौतमले पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा साउन २ गते एकता घोषणा गर्ने उल्लेख छ । ‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरियो’, अध्यक्ष नेपाल र गौतमबिच भएको सहमतिमा उल्लेख छ ।

०७७ मा नेकपा विभाजनका बेला गौतमले छुट्टै अभियानको घोषणा गर्दै नेकपा एकता अभियान चलाएका थिए । नेकपा विभाजनपछि एमाले र माओवादी अलग भएका थिए भने २०७८ मा माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । त्यसयता कहिले एमालेसँग त कहिले नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने बताउँदै आएका गौतम अन्ततः एकीकृत समाजवादीसँग एकता गर्न तयार भएका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->