बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चीनबाट फर्केलगतै खनालले भने-‘विद्या राजनीतिमा आउनु सकारात्मक’

चीनबाट फर्केलगतै खनालले भने-‘विद्या राजनीतिमा आउनु सकारात्मक’


  • ढोरपाटन संवाददाता
  • असार २८ २०८२, शनिबार

काठमाडौं/नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्व राष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा फर्किनु सकारात्मक रहेको बताएका छन्। शनिवार चीनबाट फर्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै झलनाथ खनालले भण्डारी एमाले राजनीतिमा फर्किनु सकारात्मक रहेको बताएका हुन्। पूर्व राष्ट्रपति विद्या भण्डारी कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले राजनीतिमा फर्किएको हो भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ खनालले भने।

खनालले सबैभन्दा ठुलो वामपन्थी शक्ति एमाले नै रहेकाले उसले चाहे नेपालका वामपन्थी शक्तिबिच एकता हुनसक्ने बताए। ‘एमालेले नै अरूलाई एकताबद्ध गर्न नचाहेकाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि सत्य हो,’ खनालले भने, ‘एमालेले वामपन्थी एकता गर्न चाहे ठुलो संख्याको एकता हुनसक्ने सम्भावना रहेको छ।’ यद्यपि अहिलेको एमाले नेतृत्व (केपी शर्मा ओली) बाट भने वामपन्थी एकताको सम्भावना नरहेको उनले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->