आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बडिगाडमा ‘ग्रीन एण्ड क्लिन’ कार्यक्रम

बडिगाडमा ‘ग्रीन एण्ड क्लिन’ कार्यक्रम

गाउँपालिकाले चार माध्यमिक विद्यालयमा गठित जिरो क्लबका सदस्य विद्यार्थीहरु, शिक्षक, स्थानीय समुदाय लगायतको उपस्थितिमा टोल टोलमा वृक्षारोपण अभियान सञ्चालन गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०८२, मंगलबार

बागलुङ/दक्षिण बागलुङको बडिगाड गाउँपालिकाले आगामी दुई वर्षभित्र पालिकामा १ हजार वरपिपल र अन्य बिरुवा रोप्ने भएको छ । ‘ग्रीन एण्ड क्लिन बडिगाड’ कार्यक्रमअन्तर्गत मध्यपहाडी लोकमार्गसहित पालिकाका ९ वटै वडाका विभिन्न सार्वजनिक स्थानमा बिरुवा रोप्न अभियान शुरु गरेको हो ।

हरिवोधनी एकादशीको अवसर पारेर सुरु गरिएको अभियानअन्तर्गत प्रारम्भिक चरणमा १ सय ८ पिपल र वरका बिरुवासहित विभिन्न फलफूल, जडिबुटी र फूलका बिरुवा रोपिएको हो । पालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममै वरपिपल, फलफूल तथा जडीबुटीका बिरुवा रोप्ने बाचाअनुरुप नै बिरुवा रोप्न लागिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

हरियाली बडिगाड बनाउने, सौन्दर्यकरणलाई बढाउने, बढ्दो कार्बनउत्सर्जनलाई रोक्ने र मानव स्वास्थ्यसंग जोडिएको स्वस्थ वायु बनाउने मुख्य अभिप्रायले ग्रीन एण्ड क्लिन बडिगाड कार्यक्रम सुरु गरिएको अधिकारीको भनाई छ । गाउँपालिकाले चार माध्यमिक विद्यालयमा गठित जिरो क्लबका सदस्य विद्यार्थीहरु, शिक्षक, स्थानीय समुदाय लगायतको उपस्थितिमा टोल टोलमा वृक्षारोपण अभियान सञ्चालन गरेको हो ।
धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले अत्यन्तै महत्व भएकाले विशेषगरी वरपिपल र अन्य प्रजातिका बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले जानकारी दिए । हरिशयनी एकादशीमा पालिका भवन परिसरमा तुलसी रोपण गरी अभियानको शुभारम्भ गरिएको हो ।

बडिगाड गाउँपालिका वडा नं. ५ खार, भिमगिठे, न्वार लगायतका स्थानमा वृक्षारोपण गरिएको पौडेलले बताए । रोपिएका बिरुवाको संरक्षणका लागि पनि पालिकाले बिरुवा लिएका व्यक्तिहरुको विवरण राखेर नियमित रुपमा अनुगमन गर्ने जनाएको छ ।

अहिले मोटरबाटो बन्दै गएपछि पुराना पैदलमार्गहरु नासिदै गएका छन् । पैदलमार्ग नासिदै जाँदा बहुगुणी वपिपलको संरक्षणमा पनि ध्यान पुग्न सकेको छैन् । सडकलगायत विभिन्न पूर्वाधार बनाउँदा वरपिपल मास्न कुनै अप्ठारो नमान्ने प्रवृत्ति मौलाएकाले पुरानो संस्कृति र पर्यावरण सन्तुलनका लागि अभियान शुभारम्भ गरिएको अध्यक्ष अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->