आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बार एशोसिएसन बागलुङको अधिवेसन १६ भदौमा

बार एशोसिएसन बागलुङको अधिवेसन १६ भदौमा


  • ढोरपाटन संवाददाता
  • साउन २ २०८२, शुक्रबार

फाइल तस्बिर

बागलुङ/उच्च अदालत बार एसोसिएसन बागलुङ इकाई को ४७ औं वार्षिकोत्सव तथा २५ औं अधिवेसन आगामी भदौ १६ गते हुने भएको छ । बिहिबार बारका अध्यक्ष रमेशबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अधिवेसनका लागि बारले तीन सदस्य रहेको निर्वाचन समिति पनि गठन गरेको छ । निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ रहेका छन् । उक्त समितिको सदस्यहरुमा अधिवक्ता डा. डिल्लीराज गौतम र अधिवक्ता ज्ञानेन्द्रराज पन्त छन् । हरेक दुइ वर्षमा इकाईको अधिवेसन हुँदै आएको छ । अधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ ।

त्यसअघि बारले आर्थिक वर्ष २०८१÷०८२ सम्मको आर्थिक हिसावको लेखा परीक्षण गर्ने निर्णय गरेको छ । बार भवन जीर्ण भएकोेले सदस्यहरुबाटै सहयोग संकलन गरेर मर्मत गर्ने तयारी गरेको छ । उच्च अदालन निर्माणको क्रममा बार भवन दुइ वर्षदेखि जीर्ण छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->