काठमाडौँ / नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच शुक्रबार एकता भएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित समारोहमा दुई पार्टीबिच एकता भएको घोषणा गरिएको हो । समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्दै पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको बताए । पार्टी कार्यालय स्वयम्भूबाट एकीकृत पार्टीको कार्यालयसम्म आउन चार वर्ष लागेको उनको भनाई थियो ।
उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत नेताहरूले स्वागत गरेका थिए ।





