शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

खानेपानी स्याङ्जाको एक करोड ३३ लाख विद्युत महशुल अनुदान

खानेपानी स्याङ्जाको एक करोड ३३ लाख विद्युत महशुल अनुदान

प्रदेश सरकारले लिफ्टिङ खानेपानीमा लाग्ने विद्युत महशुलमा अनुदान दिने नीति ल्याएसँगै कार्यालयले आफ्नो मातहतका स्याङ्जा र कास्कीका १ सय ६९ योजनालाई अनुदान दिएको हो ।


  • अर्जुन काफ्ले
  • साउन ४ २०८२, आइतबार

स्याङ्जा/डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङजाले खानेपानी योजनाको लागि विद्युत महशुल अनुदान दिएको छ । आर्थिक वर्ष ०८१/८२ मा लिफ्टिङ खानेपानी योजनाको एक करोड ३३ लाख ६४ हजार ६५६ रुपियाँ विद्युत महशुल कार्यालयले अनुदान दिएको हो ।

प्रदेश सरकारले लिफ्टिङ खानेपानीमा लाग्ने विद्युत महशुलमा अनुदान दिने नीति ल्याएसँगै कार्यालयले आफ्नो मातहतका स्याङ्जा र कास्कीका १ सय ६९ योजनालाई अनुदान दिएको हो । कार्यालय मातहत रहेका स्याङ्जाका १ सय ३३ योजनाका लागि ८६ लाख ७८ हजार ८४ रुपैयाँ र कास्कीका ३६ योजनाका लागि ४६ लाख ८६ हजार ५ सय ७२ रुपैयाँ दिएको हो । लिफ्टिङ योजनाबाट कास्कीका १३ हजार ८ सय ८ र स्याङ्जाका २१ हजार ९ सय ६४ गरी ३५ हजार ७ सय ७२ लाभान्वित भएका छन् ।

कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले लिफ्टिङ खानेपानी आयोजनामा विद्युत् महशुल अनुदान सम्बन्धी मापदण्ड २०७९ का आधारमा मासिक रुपमा २५ हजार रुपैयाँ सम्मको विद्युत खपत गर्ने लाभग्राहीलाई शत प्रतिशत अनुदान दिइएको बताए । मासिक २५ हजारदेखि ४० हजार सम्मको महशुलमा ७५ प्रतिशत र मासिक रुपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपतमा ५० प्रतिशत र ६० हजारदेखि ८० हजारसम्ममा २५ प्रतिशत अनुदान प्राप्त गरेको तिमिल्सिनाले बताए ।

यस्तै मासिक रुपमा ८० हजारभन्दा बढीको विद्युत खपत गर्ने योजनामा १० प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो । तीन चरणमा वा सो भन्दा बढी चरणको हकमा भने ४० हजार सम्म ९० प्रतिशत, ६० हजार सम्म ६५ प्रतिशत, ८० हजार सम्म ४० प्रतिशत र ८० हजार बढीमा १५ प्रतिशत अनुदान दिइएको हो । सरसफाई कार्यालय स्याङ्जामा २४७ खानेपानी योजना रहेकोमा १० वटा पूर्ण रुपले निर्माण सकिएको हो । इन्जिनियर कमल बरालले यो आर्थिक वर्षमा सकिएका योजनाबाट एक हजार ५ सय ८६ योजना निर्माण सम्पन्न भएको र आठ हजार ८९ लाभान्वित भएको जानकारी दिए ।

प्रदेश सरकार बनेसँगै १ सय ६१ योजना पूर्ण रुपमा सम्पन्न भएको बताउदै इन्जिनियर बरालले २३ हजार ४३ घरमा धारा निर्माण भएको र एक लाख १७ हजार ५ सय १७ जिल्लावासी लाभान्वित भएको सुनाए । आब ०८१/०८२ मा ९५ प्रतिशत वित्तिय प्रगति भएको र २३ करोड तीन लाख ४६ हजार रुपैयाँ खर्च भएको बरालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->