बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ओलीलाई भेटेपछि विद्याले भनिन्-‘सदस्यता नवीकरण भइसक्यो, यसबारे आज कुरा भएन’

ओलीलाई भेटेपछि विद्याले भनिन्-‘सदस्यता नवीकरण भइसक्यो, यसबारे आज कुरा भएन’

एक घन्टा ४० मिनेटमा सकियो ओली-विद्याको वान टु वान भेटवार्ता, दुवैको चेहरामा गम्भीर मुस्कान


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८२, आइतबार

काठमाडौं / राजनीति तहमा वहुचर्चित नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता आईतवार अपराह्न ४ बजेबाट सुरु भई डेढ घण्टामा सकिएको छ ।

भेटवार्तापछि एमाले पार्टी कार्यालय च्यासलबाट बाहिरिनेक्रममा भण्डारीलाई पत्रकारहरूले सदस्यताको विषयमा प्रश्न सोधेका थिए। जवाफमा उनले ‘सदस्यता नवीकरण भइसक्यो। यो पुरानो विषय हो’ भनेकी थिइन्। उनले आजको छलफल सौहार्दपूर्ण भएको र छलफलमा सदस्यता नवीकरणको विषयमा नभएको बताईन्।
‘आज सदस्यता नवीकरणको विषयमा कुरा भएन’ उनले भनिन्। त्यसो भए के कुरा भयो त भन्ने प्रश्नमा भनिन्, ‘आज राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भयो।’ छलफलपछि पार्टी कार्यालयबाट निस्किँदै गर्दा दुवैजना खुसी देखिन्थे। उनीहरूको एक्लाएक्लै वार्तामा सहभागी नभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरल पनि सँगै निस्किएका थिए। उनीहरुको अनुहारमा पनि खुसी झल्किएको देखिन्थ्यो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->