बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘१२ लाख पर्यटक भित्र्याउे लक्ष्य नै गलत’

‘१२ लाख पर्यटक भित्र्याउे लक्ष्य नै गलत’


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८२, सोमबार

पोखरा/साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले वर्षमा १०/१२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने बताएका छन् । राज्यले उचित नीति नलिँदा पर्यटन क्षेत्रले गति नलिएको पनि उनको भनाइ छ ।

बोर्ड सदस्य भण्डारी इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २२औँ साधारणसभा बोल्दै थिए । उनले बैंक तथा वित्तीय संस्थाको अधिकांश लगानी पर्यटन क्षेत्रमै भएकोले अझै पनि ध्यान नदिने हो भने अबको केही वर्षमा पर्यटन क्षेत्र डुब्ने र यसको प्रत्यक्ष असर राज्यलाई नै पर्ने जिकिर पनि गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले आ.व.२०८१÷०८२ मा एगासँग सहकार्य गरेर विभिन्न कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले परिषद्मा आवद्ध संस्थाबीच समन्वय गरेर पर्यटन क्षेत्रमा व्यवस्थापन सुधार्ने र व्यवसायी र राज्यबीच पुलको भूमिका निर्वाह गर्ने बताए ।

एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले संस्था स्थापना दुई दशकदेखि भए पनि नेपालको पर्यटकीय प्रचारप्रसारमा एगाको भूमिका तीन दशकदेखि नै भएको जानकारी दिए । एगाका निवर्तमान अध्यक्ष इन्द्रप्रसाद भण्डारीले पोखरालाई हरेक तवरले पर्यटनसँग जोड्नुपर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष एवम् पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराईले पर्यटन प्रवद्र्धनका लागि नारा मात्र नभै दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो ।

एगाका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले सबै एकै ठाउँमा बसेर पर्यटन क्षेत्रका समस्याबारे छलफल गर्दै समाधानमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->