पोखरा/पोखरामा चोरी गरेको रकमसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले साउन ३ गते पोखरा ६ डिकोपाटनबाट ९ लाख ९७ हजार पाँच सय रुपैयाँसहित ओम बहादुर भुजेललाई पक्राउ गरेको हो ।
माछापुच्छ्रे गाउँपालिका ९ का २३ वर्षिय भुजेलले १२ लाख ३० हजार रुपैयाँ चोरेको ओरोप थियो । साउन २ गते पोखरा ५ मालेमाटनस्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिता भण्डारीको कोठाको दराजमा राखेको उक्त रकम चोरी भएको उजुरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
सोही क्रममा भुजेललाई पक्राउ गर्दा ९ लाख ९७ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । भुजेल विरुद्ध चोरी तथा डाँकासम्बन्धीकसूरमा १० दिन म्याद थप गरि अनुसन्धान जारी राखेको बस्नेतले बताए ।





