बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘निरन्तरको मिहिनेतले मात्र सफलता’

‘निरन्तरको मिहिनेतले मात्र सफलता’


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८२, बुधबार
ÕW

पोखरा/नमूना माविको रुपमा परिचित अमरसिंह मावि रामघाट पोखराले आज (मंगलबार) विज्ञान शाखाअन्तर्गत कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

तल्लो कक्षादेखि अंग्रेजी माध्यम । विद्यालय व्यवस्थापनमा अभिभावकको प्रत्यक्ष चासो । शिक्षणमा नवीनतम् विधि । पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयको विशेषता हो । इसीडीदेखि कक्षा १२ सम्म अध्यापन हुने यो विद्यालयले निरन्तर उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापन बलराम पोखरेलले जानकारी दिए ।

नर्सरीदेखि वाह्र कक्षासम्म विद्यालयमा अहिले २७ सय विद्यार्थी अध्ययनरत छन् । यस वर्षको एसइई परीक्षामा पाँच जना विद्यार्थीले फोजिपीए ल्याएका थिए । भर्नाका समयमा विद्यार्थीको चाप थेगिनसक्नु हुन्छ । यस वर्ष कक्षा ११ विज्ञान विषयका लागि एक सय सत्तरी सिटका लागि एक हजार तीन सय विद्यार्थीकोआवेदन परेको जानकारी प्रधानाध्यापक पोखरेलले जानकारी दिए ।

नयाँ शैक्षिक सत्रमा विद्यालयले प्रवेश परीक्षा लिएर मात्र नयाँ विद्यार्थी भर्ना गर्ने गरेको छ । यो विद्यालयको वातावरण विद्यार्थी मैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले बताए ।

उक्त कार्यक्रममा प्रमुख पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष वास्तोलाले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई नैतिक शिक्षा समेत प्रदान गर्न आवश्यक भएको धारणा राखे ।

अमरसिंह मावि गण्डकी क्षेत्रको मात्र नभइ देशकै उत्कृष्ट सामुदायिक माविको रुपमा परिचित रहेको बताउँदै विद्यार्थीको मिहिनतले नै विद्यालयले सफलता हासिल गर्ने उनको भनाइ थियो ।

डा.चिन्तामणि योगीले उत्प्रेरक शुभकामना तथा अभिमुखीकरण मन्तव्य दिँदै विद्यार्थीको निरन्तर मिहिनेतले मात्र विद्यालयले सफलता हासिक गर्न सक्ने बताउनुभयो । विद्यालयले शैक्षिक वातावरण दिन सक्नुपर्ने बताए ।

बिशिष्ट अतिथिको रुपबाट बोल्दै शिक्षाविद् जर्ज जोनले सामुदायिक विद्यालयमध्ये अमरसिंह उत्कृष्ट माविको रुपम आफूलाई चिनाउन सकेको धारणा राखे ।

सो अवसरमा डा. लेखनाथ खनाल, विद्यालयका प्रधानाध्यापक बलराम पोखरेल, विज्ञान शाखा प्रमुख रुना श्रेष्ठ,सुरेन्द्र अधिकारीलगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->