आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बीपी स्मृति दिवश मनाइयो

बीपी स्मृति दिवश मनाइयो


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८२, बुधबार

बागलुङ/नेपाली कांग्रेस बागलुङले ४३ औं बीपी स्मति दिवश मनाएको छ । कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा हरेक बर्ष साउन ६ गते विभिन्न कार्यक्रम गरेर दिवश मनाउने गरिएको छ ।

मंगलबार कांग्रेस जिल्ला कार्यसमितिको अगुवाइमा बागलुङ नगरपालिका वडा नं. ९ तित्याङ स्थित आशापुणेश्वर महादेव मन्दिर आसपासमा वृक्षा रोपण ग रिएको हो । उक्त अबसरमा धार्मिक प्रजातीका बिरुवा रोपिएको थियो । सहभागिले बीपी कोइरालाको राजनीतिक योगदान बारे चर्चा पनि गरेका थिए ।

दिवशकै अबसरमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले राजनीतिक दुरदर्शीता र सुशासन कायम गराउन बीपीको योगदान महत्वपुर्ण भएको बताइन् । उनले कांग्रेसका हरेक कार्यकर्ताले बीपीलाई सम्झेर काम गर्नपनि सुझाव दिइन् । नेपाली कांग्रेस जिल्ला सभापति जितबहादुर शेरचनको अध्यक्षता, सचिव हरिहर शर्माको संचालन र क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच कांग्रेसका सक्रिय कार्यकर्ताले बानपा १ स्थित रामरेखामा रहेको बीपी वाटिकामा केही फलफूलका बिरुवा रोप्नुको साथै गोडमेल पनि गरेका थिए । बीपी स्मृति दिवशको अबसर पारेर पार्टीका विभिन्न भातृसंस्था र क्षेत्रीय तथा स्थानीय समितिले पालिका तहमा पनि दिवश मनाएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->