बागलुङ/नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवश बागलुङमा पनि मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटि बागलुङले प्रवचन र पुष्पलालबारे वृत्तचित्र प्रदर्शन गरेर दिवश मनाएको हो ।
बुधबार आयोजित कार्यक्रममा पुष्पलालबारे बनाइएका विभिन्न वृत्तचित्र, रिपोर्र्ट र जानकारी प्रदर्शन गरिएको हो । २००६ सालमा कम्प्युनिष्ट पार्टीको स्थापना गर्नुभएका पुष्पलाल कुशल संगठक समेत भएको वृत्तचित्रमा उल्लेख छ ।
पुष्पलालले विराटनगर जुट मिलको आन्दोलनमा भूमिका खेलेकोदेखि कम्युष्टि पार्टी स्थापना र भारत लगायतका देशमा सरकारले गरेका असमान सन्धीको बिरोध गर्ने काम पनि गरेका थिए । अन्तराष्ट्रिय कम्प्युनिष्ट पार्टीको घोषणा पत्रलाई नेपालीमा रुपान्तरण गरेपछि पुष्पलाललाई वास्तविक नेता मान्न थालिएको थियो ।
पञ्चायतको विरोध गरेकै कारण पुष्पलालले निर्वासित जीवन बिताउनुपरेको थियो । २०३५ सालमा उनको भारतमा निधन भएको थियो । उनको निधनमा कम्प्युनिष्ट पार्टीहरुले स्मृति दिवशको रुपमा मनाउन थालेका छन् । राजनीतिक विचार दिएपनि पुष्पलालले सरकारको नेतृत्व भने गरेनन् ।
कार्यक्रममा एमाले जिल्ला सचिव गणेश थापाले पुष्पलाल कुशल संगठक र कुशल राजनीतिज्ञ भएको चर्चा गरे । पुष्पलाललाई सम्झेर मात्र नभइ उनको विचारलाई कदर गर्ने र राजनीतिक रुपमा सक्रिय बन्न सकेमा मात्र सच्चा स्मृति हुने थापाले बताए । कार्यक्रम एमाले उपसचिव धनबहादुर परियारको संचालनमा सम्पन्न भएको थियो ।





