शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा अन्तरविद्यालय स्तरीय खो–खो प्रतियोगिता हुने, टाइम्स एजुकेशनल मुख्य प्रायोजक

पोखरामा अन्तरविद्यालय स्तरीय खो–खो प्रतियोगिता हुने, टाइम्स एजुकेशनल मुख्य प्रायोजक


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८२, शुक्रबार

पोखरा/ कास्की जिल्ला खो–खो संघको आयोजनामा पोखरामा अन्तरविद्यालयस्तरीय खो खो प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा टाइम्स एजुकेशनल चिप्लेढुंगा पोखरा रहेको छ ।

प्रतियोगिता आगामी भदौ १३ र १४ गते पोखरा रंगशालामा हुनेछ । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा कास्की जिल्लाका विभिन्न विद्यालयका छात्रछात्राहरूको सहभागिता रहने छ । प्रतियोगिता व्यवस्थितरुपमा सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ । प्रतियोगिता संयोजकमा लक्ष्मण कार्की, आर्थिक संयोजक, सञ्जय पौडेल, पुरस्कार व्यवस्थापन संयोजकमा चित्र बहादुर थापा, प्रचारप्रसार संयोजकमा सुरज पोखरेल रहेका छन् । यसैगरी स्वागत तथा मञ्च व्यवस्थापन संयोजक ममता घर्तीमगर, प्राविधिक संयोजक विशाल गुरुङ र स्वयंसेवक परिचालन संयोजकमा रेबन अधिकारी रहेको उपसमिति गठन गरिएको हो । प्रतियोगिताको प्रवद्र्धकमा गण्डकी प्रदेश खो–खो संघ र को पर्यवेक्षण र जिल्ला खेलकुद विकास समिति कास्कीको विशेष सहयोग रहने छ ।

टाइम्स एजुकेशनलका सञ्चालक प्रेम सुवेदीले शिक्षासंगै खेलकुदको समन्वय आवस्यक रहेको बताए । ‘विद्यार्थीको समग्र विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुन्छ। यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा नेतृत्व, सहकार्य, अनुशासन र आत्मविश्वासको विकासमा सकारात्मक प्रभाव पार्छ’ सुवेदीले भने । आयोजकले विद्यालयस्तरमा खेलकुद प्रवर्द्धनसँगै विद्यार्थीमा अनुशासन, खेल भावना, स्वस्थ प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वको चेतना अभिवृद्धि हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->