बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लामा अमृत फाउण्डेशनद्वारा घान्द्रुकको जनप्रिय विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

लामा अमृत फाउण्डेशनद्वारा घान्द्रुकको जनप्रिय विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८२, शनिबार

पोखरा/ लामा अमृत फाउण्डेशनले घान्द्रुकको जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चेस्थित जनप्रिय आधारभुत विद्यालयका ६५ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् । साथै विद्यालयलाई डष्टविन र एक थान भलिबल पनि उनले सहयोग गरे ।

गुरुङले सामाजिक कार्यमा जोडिने उद्धेश्यसहित विद्यालयमा शैक्षिक सामाग्री सहयोग गर्दै आएको बताए । ‘सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको फाउण्डेशनले घान्द्रुक लगायत विभिन्न जिल्लाका विद्यालयमा शैक्षिक सामागी सहयोग गरिसकेको छ,’ संस्थापक गुरुङले भने, ‘केही दिन अगाडि पोखरामा क्लबस्तरीय भलिबल सम्पन्न भइसकेको छ, यसपछि यस विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गर्ने अवसर पाएको छु, सहयोगका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिन चाहन्छु ।’

संस्थापक गुरुङले शैक्षिक गुणस्तर सुधारमा शिक्षक मात्र नभएर स्थानीयहरुले समेत चासो देखाउन सके गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । ‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किला हो, शैक्षिक गुणस्तरमा ध्यान दिन विद्यालयका शिक्षक मात्र हैन स्थानीयहरुले पनि चाँसो देखाउन आवश्यक छ, उनले भने, ‘गाउँकै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि फाउण्डेशन मार्फत सक्रियता बढाएको छु, अबको परिवर्तन शिक्षाले मात्र दिन सक्छ त्यसैले शिक्षामा सबैले ध्यान पु¥याउन आवश्यक छ ।’

विद्यालयका प्रधानाध्यापक बैकुण्ठ दाहालले यस सहयोगले विद्यार्थीको अध्ययनमा हौसला थपिने बताए । ‘हाम्रो विद्यालयले आधारभुत तहमा पालिकामा नै उत्कृष्ट नतिजा निकाल्दै आएको छ, विद्यालयमा स्रोतका कमीका कारण केही समस्या छ, पालिकाले पनि छात्रवृत्ति लगायत विभिन्न शिर्षकमा सहयोग गर्दै आएको छ,’ प्रअ दाहालले भने, ‘लामा अमृत फाउण्डेशन घान्द्रुकले गरेको सहयोगले विद्यार्थीको अध्ययनमा अझै हौसला बढेर जाने विश्वास लिएको छु ।’ फाउण्डेशनले यसअघि लमजुङ र घान्द्रुकको विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीसँगै पोशाक वितरण गरेको छ । फाउण्डेशन शैक्षिक, सामाजिक र खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->