बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव भदौ ६ देखि

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव भदौ ६ देखि


  • ढाेरपाटन संवाददाता
  • साउन १० २०८२, शनिबार

पोखरा/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८२ को अवसरमा पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आगामी भदौ ६ देखि १५ गतेसम्म तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव हुने भएको हो ।

आयोजक केन्द्रले महोत्सवको मिति तयसगै तयारी तिव्र पारेको छ । महोत्सव सम्पन्न गर्न अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडाका संघसंस्था, आमा समूह, क्लब, टोल सुधार समिति, वित्तिय संस्था, विद्यालय लगायत विभिन्न क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरुको प्रतिनिधित्व हुने गरि मूल आयोजक समिति, ३९ सदस्य सम्पादन समिति, विभिन्न ३८ वटा उपसमिति, ३१ सदस्य मेला संरक्षक समिति, १३१ सदस्य सल्लाहकार समिति गठन गरिएको आयोजक केन्द्रका सचिव समेत रहेका सचिवालय व्यवस्थापन उपसमितिका संयोजक दृर्गाप्रसाद अधिकारीले जानकारी दिए ।

महोत्सवको तयारीका क्रममा शनिबार महोत्सव कार्य सम्पादन समिति एंव सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । बैठकका सहभागीले ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने उदेश्य महोत्सवको रहेको बताए ।

महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ ।

उपसमितिहरु मध्ये निरज विक्रम राणा–अर्थ संकलन, बसन्त बास्तोला–सांस्कृतिक, दुर्गाप्रसाद अधिकारी–सचिवालय व्यवस्थापन, वेदप्रसाद वस्ती–लेखा तथा आर्थिक व्यवस्थापन, दुर्गादत्त भुगाई–अन्तर्राष्ट्रिय समन्वय, मिनबहादुर घले–युवा परिचालन, निर्देशनकुमार चुल्याजु–सरसफाई व्यवस्थापन, हरिप्रसाद अधिकारी–मञ्च व्यवस्थापन, पार्वती खनाल–स्वागत सत्कार, सरस्वती दाहाल–ज्येष्ठ नागरिक समन्वय, सुगममणी पराजुली–जलपान व्यवस्थापन, राजेन्द्ररमण पराजुली–सल्लाहकार, रामविक्रम राणा–अनुमगन, प्रेमरमण आचार्य–संयोजक, खगेन्द्रराज पराजुली–अतिथि सत्कार, विश्वगोपाल पराजुली–मौलिक सांस्कृतिक संरक्षण, संविधान सभा सदस्य सारदा पौडेल–अतिथि व्यवस्थापन, दिलबहादुर गुरुङ–विशेष समन्वय, प्रेमबहादुर गुरुङ–मेला प्रवद्र्धन, तिलक कोइराला–कानूनी परामर्श, रोहितराज पराजुली–प्रचार प्रसार, बालकृष्ण कोइराला–प्रायोजक समन्वय, रामप्रसाद अधिकारी–सुरक्षा व्यवस्थापन, भद्रराज त्रिपाठी–शिक्षा तथा श्रष्टा सम्मान, रुद्रप्रसाद लुईटेल–बजार व्यवस्थापन, गंगाबहादुर गुरुङ–टोल विकास संस्था समन्वय, चन्द्रबहादुर गुरुङ–स्थानीय संघसंस्था समन्वय, पदमबहादुर गुरुङ–झाँकी व्यवस्थापन, युवराज आचार्य–स्वयम्सेवक परिचालन, डिल्लीराम सुवेदी–प्रतियोगिता व्यवस्थापन, जीवनविक्रम राणा–पार्किङ व्यवस्थापन, चन्द्रबहादुर भण्डारी–यातायात व्यवस्थापन, कृष्ण कार्की–आकस्मिक सेवा, शिवराज अधिकारी–पुरस्कार व्यवस्थापन, प्रकाश रिजाल–छपाई तथा प्रकाशन, अशोक श्रेष्ठ–प्राविधिक व्यवस्थापन, तुलसी पौडेल– आमा समूह समन्वय र प्रकाशचन्द्र सापकोटा–सञ्चार तथा समन्वय उपसमितिका संयोजक रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->