बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रदेश सभा सचिवालयका ३ कर्मचारी पुरस्कृत

प्रदेश सभा सचिवालयका ३ कर्मचारी पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८२, आइतबार

 

पोखरा गण्डकी प्रदेश सभा सचिवालयमा कार्यरत ३ कर्मचारी आइतबार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा सचिवालयका अधिकृत छैटौँ टिकाराम आचार्य, हलुका सवारी साधन चालक बिसकुमार रोकामगर र कार्यालय सहयोगी रंजना वाग्ले रहेका छन् ।

आर्चालाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको हो भने रोका मगर र वाग्लेलाई ‘कर्मचारी प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिएको हो । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा उपसभामुख बिनाकुमारी थापा तथा प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलको विशेष उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेश सभा सचिवालय ऐन, २०७७ को दफा ६ को उपदफा (१) को खण्ड ञ र ट ले दिएको अधिकार प्रयोग गरी गण्डकी प्रदेश सभा सचिवालय संचालन तथा व्यवस्थापन समितिले हालै ‘गण्डकी प्रदेश सभा सचिवालयका कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०८२’ बनाएको थियो । सोही कार्यविधिको दफा ४ र ५ मा व्यवस्था भए बमोजिम उत्कृष्ट कार्यसम्पादनका आधारमा कर्मचारीहरुलाई पुरस्कृत गरिएको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->