बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाइ

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाइ


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८२, सोमबार

पोखरा/पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई बिदाइ गरिएको छ । सेवा निवृत्त भएका पराजुली इतिहास तथा संस्कृति विभागका सहप्राध्यापक हुन् ।

पराजुलीलाई ३० वर्ष सेवा अवधि पूरा गरेकोमा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठक, इतिहासका पूर्वविभागीय प्रमुख प्रा.डा. ज्ञानबहादुर कार्की, सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेल, इतिहास विभाग प्रमुख नारायणप्रसाद ढकाल लगायतले पुष्पगुच्छा, दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए ।

क्याम्पस प्रमुख पाठकले शिक्षण अवधिमा पराजुलीको योगदानको चर्चा गर्दै सुखद् निवृत्त जीवनको कामना गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->