बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मोटरबाटोको उद्घाटन

मोटरबाटोको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८२, सोमबार

पोखरा/पोखरा २६ को जरुवा स्थित सृजना बहिरा स्कुल पछाडीको बाटोको आइतबार उद्घाटन गरिएको छ ।

पानी नहुदाँ धुलो र पानी हुदाँ हिलो भएर हैरानी खेपीरहेका त्यस क्षेत्रका उपभोक्ताको माग अनुसार पोखरा महानगरपालिका वडा नम्वर २६ को आर्थिक सहयोग र जनश्रमदानबाट वहिरा स्कुल पछाडीबाट सुजना टोल जाने करिव एक सय ४२ मिटर लम्वाईको बाटोमा दाया वाया नालासहित ढलान गरिएको हो ।

पोखरा महानगरपालिका वडा नम्वर–२६ को २० लाख र स्थानियको करिव चार लाख ५० हजार जनसहभागितामा स्तरउन्नतिभएको बाटोको वडाअध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरे । उनले जहाँ आवश्यकता त्यहा विकास भन्ने नीतिका साथ वडा अगाडि बढेको बताए ।

बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वाटो निर्माण उपभोक्ता समितिका सदस्य मिनराज पौडेल, सल्लाहकार गणेशभत्त अधिकारी,सृजना टोल विकास सस्थाका अध्यक्ष हरि वहादुर लामिछाने लगायतले विकासका लागि सरकारी योजनामा जनसहभागीता रहयो भने गुणस्थरीय र सानो लगानीबाट पनि ठूलो काम हुने सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->