बागलुङ/ जिल्ला अदालत बागलुङले आर्थिक बर्ष २०८१/०८२ मा ६ सय ६६ मुद्दा फछ्र्यौट गरेको छ । अघिल्लो बर्ष ९ सय १८ मुद्दा रहेकोमा ६ सय ४८ वटा फछ्र्यौट भएका थिए । पछिल्लो बर्ष फछ्र्यौट संख्या १८ले बढी हो । अघिल्लो बर्षपनि ९ सय १७ मुद्दाको लक्ष्य थियो । आर्थिक बर्षको अन्त्यमा आइपुग्दा २ सय ५१ मुद्दा बा“की रहेका थिए ।
अदालतका स्रेस्तेदार विश्वनाथ अर्यालका अनुसार सम्बन्ध विच्छेदका २ सय ८५, अंश मानचामल र सम्बन्ध बिच्छेद समेतका २६ वटा र बैवाहिक सम्बन्ध अन्त्य गरेका ३१ मुद्दा फछ्र्यौट भएका हुन् । त्यस बाहेक जवरजस्ती करणीका मुद्दा २४ वटा फैसला भएको जनाइएको छ । गतबर्ष जकका मुद्दा भने ३७ वटा परेका थिए । छुट्टै अंश को १९ र मानाचामलका १४ मुद्दा पनि फछ्र्यौट भएको उल्लेख छ । लेनदेनको ४५, चेक अनादर २९ र बैंकिङ कसुरका १९ मुद्दा पछ्र्यौट भएका हुन् । झुटा बिवरण दिएर नागरिकता दिएको संख्या बढेको छ । मुद्दामा आएका २१ म्ध्ये १९ मुद्दा फछ्र्यौट भएका छन् । लागुऔषधसम्बन्धी १५ वटा मुद्दामा ११ फैसला भएका छन् भने कर्तव्य ज्यान सम्बन्धी २४ मुद्दामा १३ फछ्र्यौट भएका छन् । यो समयमा बहुविवाहका १३ मुद्दा दर्ता भएकोमा ५ वटा फैसला भएका छन् ।
अदालतमा एक बर्ष काटेका मुद्दा नराख्ने लक्ष्यले कार्यालय खुलेको दिन अधिकतम १२ वटा सम्म मुद्दाको पेशी चढ्ने गरेको छ । ५ सय भन्दा बढी मुद्दा आउने अदालतमा दुइजना सम्म न्यायाधिस राख्ने प्रावधान भएपनि यहा“ एकजना मात्रै न्यायाधीश हु“दा मुद्दा फैसलामा केह् िअसहज भएको स्रेस्तेदार अर्यालले बताए । एक वर्षदेखि जिल्ला अदालत बागलुङले स्वचालित पेशी (अटोमेसन पद्धति) शुरु गरेको छ । यस अघि अदालतमा मुद्दा दर्ता भएपछि कर्मचारीले तारेख, पेशी लगायतका सबै क्रियाकलापमा समय तोक्ने गरेका थिए । यो पद्धतिले हरेक दिन कति मुद्दा हेर्ने, ती मुद्दा कुन इजलासमा राख्ने र कुन समयमा रहने भन्ने समेत अटोमेसनले तोक्ने छ ।
बागलुङ जिल्ला अदालतमा एक मात्र इजलास भएकोले यहाँ मुद्दा दिनभरमा कतिबेला हेर्ने भन्ने मात्र हुनेछ भने दुई वा दुइ भन्दा बढी इजलास भएको अदालतमा कुन मुद्दा कुन इजलासमा रहने, एक दिनमा कुन कुन मुद्दा बर्णानुक्रम वा अन्य क्रम अनुसार रहने भन्ने उक्त पद्दतीले फैसला गर्नेछ । २०८० साल भदौ १ गतेदेखि सर्बोच्चमा अटोमेसन पद्धति सुरु भएको थियो । प्रधानन्यायाधिसको चाहना अनुसार मुख्य रजिष्ट्रारले मुद्दा कसको इजलासमा पार्ने र कसरी आफ्नो पक्षमा पार्ने भन्दै कानून व्यवसायीले पनि लबिङ गर्दा ठूला र राष्ट्रिय महत्व राख्ने मुद्दामा भिआइपीहरुको समेत चासो बढ्ने गरेको थियो । यो पद्दतीले मुद्दामा कसैको पनि हस्तक्षेप नहुने उच्च अदालत बार एसोसिएसन, बागलुङका अध्यक्ष रमेशबहादुर खड्काले बताए ।
जिल्ला अदालतमा अत्याधिक मुद्दा हुने भएकोले दैनिक भीड लाग्ने गर्छ । यो पद्दतिले आवस्यक नपर्ने मुद्दाका पक्षहरु आउन नपर्ने र पालो मिलाएर आउन पाउने समेत व्यवस्था हुनेछ । जिल्ला अदालत बागलुङको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष ९ सय १८ मुद्दा रहेकोमा ६ सय ४८ वटा फछ्र्यौट भएर २ सय ७० मुद्दा गत आबलाई सरेका थिए । अघिल्लो बर्षपनि २ सय १३ मुद्दा सरेर आएकोमा ७ सय ५ मुद्दा थपिएका हुन् ।





