स्याङ्जा/ डिभिजन वन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/०८२ मा वन्यजन्तुबाट क्षति ब्यहोरेका २१९ परिवारलाई पशुधनको १४ लाख १४ हजार राहत प्रदान गरेको छ । वन्यजन्तुले २४८ बाख्रा, १७ भैँसी, गोरु, भेडा र बङगुर दुई÷दुई वटा गरेर २७१ पशुमा क्षति गरेको थियो भने एक अन्नबालीमा क्षति पु¥याएको थियो ।
डिभिजन वनले बङगुर, बाख्रा र भेडाको ५ देखि १० हजार, गाई, भैसी, गोरु र रागाँको १० देखि २० हजार राहत प्रदान गरेको कार्यालय प्रमुख नवराज बरालले जानकारी दिए । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०८० अनुसार अहिले प्रदेश वन मन्त्रालयबाट विनियोजन गरेको बजेटबाट डिभिजन वन कार्यालय स्याङ्जाले पशुधन क्षति पुगेका परिवारलाई राहत प्रदान गरेको हो । यहाँ २०७९/०८० मा भने वन्यजन्तुको क्षति पुगेको पशुधनको १८ लाख ८७ हजार ८० रुपियाँ कृषकले राहत पाउन सकेका छैन्न । यस आबमा ३२५ घटनामा ३३८ पशुधनमा वन्यजन्तुले पूर्णरुपमा क्षति गरेको थियो भने एक मानिस घाइते, २७९ कालिज कुखुरा र एक अन्नबालिमा क्षति गरेको थियो ।
यसैगरी गत आवमा कार्यालयले ९ वटा हरित पार्क निर्माण गरेको छ भने एक बगैचा चौतारो निर्माण, एक सामुदायिक वनको अतिक्रमित जग्गामा घेराबार गरेको छ । १४ हजार सात सय बहुबर्षिय विरुवा उत्पादन गरेको छ भने २५ हजार अमला, टिमुर, कुरिलो जस्ता जडिबुटीका बिरुवा उत्पादन र वितरण गरेको छ । यस्तै एक रतुवा, तीन चिल, वटा एक सर्पको जीवित उद्धार गरेको छ भने मरेका छ वटा चितुवा, एक वटा रतुवा र एक ओतको उद्धार गरेको बरालले बताए । कार्यालले एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण कार्याक्रम अन्र्तगत तीन वटा पोखरी निर्माण गरेको छ ।





