बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा १२ मा परम्परागत भौतिक निर्माण

पोखरा १२ मा परम्परागत भौतिक निर्माण


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८२, शनिबार

पोखरा / पोखरा १२ कार्यालय परिसरमा परम्परागत शैलीको प्रवेश द्वार, फल्चा,बगैंचालगायतका संरचना बनेका छन् । ती संरचनाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शुक्रबार उद्घाटन गरे ।

वडाध्यक्ष सन्तोष बास्तोलका अनुसार बगैंचामा ३० लाख , फल्चामा १५ लाख र पर्खाल घेराबन्दीमा ६५ लाख रुपैयाँ गरी कुल १ करोड ४० लाखमा ती संरचना बनेका हुन् । वडाध्यक्ष बास्तोलाले नयाँ संरचना यसले सेवाग्राहीहरूलाई आराम गर्ने र सहज रूपमा सेवा प्राप्त गर्ने वातावरणको सृजना हुने बताए ।

इँटा र झिँगटीले बनेको गेटले भक्तपुरमा प्रचलित प्राचीन शैलीको झल्को दिन्छ । बलबहादुर कार्की संयोजकत्वको समितिले ती संरचना निर्माण गरेको हो । वडा कार्यालयका अनुसार प्रवेशद्वार निर्माणमा ३० लाख रुपैयाँ खर्च भएको छ । मेयर आचार्यले नेपाली शैलीलाई महत्व दिनुपर्ने बताउँदै पुरानो पोखरा (भैरवटोल, मोहोरियाटोल) लाई सम्पदाका रुपमा संरक्षण गरिने सुनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->