पोखरा/ नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम सम्पन्न गरेको छ । पोखरा १४ छिनेडाँडामा रहेको कलेज १९९८ मा स्थापना भएर निरन्तर दश जोड दुई होटल म्यानेजमेन्ट, बीएचएम, बीबीए, बीबीए फाइनान्स र इएमबीएका कक्षाहरु संचालन गरिरहेको छ ।
समारोहमा १०५ जना विद्यार्थीहरु उनीहरुका अभिभावकसहित उपस्थित भएका थिए । उनीहरुलाई काठमाडौंबाट आएका अन्तर्राष्ट्रिय लाईफ कोच नर बहादुर कार्कीले जीवनमा सफलता प्राप्तिका लागि क्रियाशिल हुने शक्तिका बारेमा सहजीकरण गरेका थिए । कलेजका अध्यक्ष अशोक पालिखेले सहभागिहरुलाई स्वागत गर्दै कलेका उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुनु खुसीको विषय भएको बताए ।
अन्तर्राष्ट्रिय लाइफ कोच नरबहादुर कार्कीले जीवनमा सफलता प्राप्तिका लागि आफै भएको र अरुको भरमा परे सफलता प्राप्त नहुने ठोकुवा गरे । तपाईंलाई केही गर्नुछ, बन्नुछ भने त्यो सबै तपाईंले गर्नैपर्छ र तपाईंले त्यो सक्नुहुन्छ । यसका लागि इच्छाशक्ति लगाउनु पर्यो र दृढ हुनुप¥यो,’उनले भने,‘ समय र उमेर अनुसार रुचि र कामको दायित्व बोध हुँदै जाने भएकोले नआत्तिने, नमात्तिने र समय अनुसार उचित कार्यहरुमा ध्यान दिँदै गएको खण्डमा सफलताको उचाईमा पुग्न कसैले छेक्न सक्दैन । धैर्यताले मानिसलाई धेरै खतराहरुबाट बचाउँछ ।’
सो अवसरमा विद्यार्थी तथा अभिभावकलाई कलेजका अध्यक्ष अशोक पालिखे, बोर्डका सदस्य जयराम हमाल, कृष्ण बहादुर थापा, प्रिन्सिपल प्रकाश रेग्मी, भाईस प्रिन्सिपल राजकुमार कार्कि, बीएचएम, बीबीए, बीबीए फाइनान्स कोअर्डिनेटर जोक बहादुर थापा, प्लस टू कोअर्डिनेटर दीनेशकुमार यादवलगायतले फूलमाला र खादाले सम्मान तथा स्वागत गरेका थिए । कार्यक्रमको समापन गर्दै कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले शैक्षिक सफलताका लागि अभिावक, कलेज प्रशासन तथा विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध मजबुत् बनाउनु पर्नेमा जोड दिए ।





