पोखरा/नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा १४ छिनेडाँडाँमा इएमबीएमा अध्ययनरत विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम आयोजना गरिएको छ । ‘ट्रान्सफरमेस्नल टेक्नोलोजिज अफ लाईफ परफरमेन्स’ विषयक उत्प्रेरणाको कार्यक्रममा अन्तराष्ट्रिय कोच नर बहादुर कार्किले सहजिकरण गरेका थिए ।
कुनै पनि विषयमा स्नातक गरेको दुई वर्ष पूरा भएका वा त्यो भन्दा बढी वर्षका विभिन्न क्षेत्रमा सेवा गरिरहेका विद्यार्थीहरुको लागि कलेजले गैह्रापाटनस्थित कलेजको बी ब्लकमा साँझमा कक्षा संचालन गरिरहेको छ । पोखरा विश्वविद्यालयमा अनुबन्धित कलेज एनटिएचएमसि कलेज गण्डकीमा इएमबीएको अध्यापन गराउने पहिलो कलेज हो ।
दूरदर्शि संचालकहरुको त्यो सोंचलाई स्यालुट गर्नुपर्छ । १९९८ मा नेपालमा पर्यटनको संभावना छ । यससम्बन्धि पढाईको व्यवस्था पोखरामा गर्न सकिन्छ भनेर स्थापना गरी अध्यापन गराएको पनि २५ वर्ष भईसकेछ । लाईफ कोच कार्किले भने, तपाँईहरु सौभाग्यशाली हो मौका जुरेको छ र अध्ययन गर्न पाउनु भएको छ । उनले जोसाउदै भने, ‘लौत सबैले सबैलाई, आफैंले आफैंलाई सम्मानपूर्वक तालि बजाउनुस् ।’
कार्किले लगनशिलता, सुसंस्कार र सुव्यवस्थापकिय क्षमताले मानिसलाई सफलता प्राप्त हुने बताए । उनले खुलाबजारमुखि अर्थतन्त्र भएको मुलुकमा तपाँईहरुले आफुलाई व्यवस्थापनको उच्च मूल्यांकनको दायरामा राख्नुपर्छ । समय, समयको माग अनि बजारलाई निक्र्योल गरेर अगाडी बढ्नुपर्छ, उत्प्रेरक कार्किले भने ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले यो कार्यक्रम गर्नुको कारण एउटा त फेलोसिप नै हौ । कलेज अहिले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा परिचित भईसकेको छ । अब लोकल, रिजनल, नेशनल र इन्टरनेशनल कनेक्सन गराउनु हो । हामीले छिट्टै इन्टरनेशनल कोचहरुलाई ल्याएर ५ दिनको कार्यक्रम पनि गर्न लागेका छौं उनले भने ।
पोखरामा बृहत रुपमा पहिलो पटक गर्न लागेको कार्यक्रमको उदेश्य आफुलाई ब्राण्डिङ गर्नु रहेको र त्यो ब्राण्डिङलाई कसरी ट्रान्सफरमेस गर्ने भन्ने रहेको छ । उनले पोखरामा भएका कर्पोरेट हाउसहरु, बैंक तथा बित्तिय संस्थामा सेवा गरिरहेका म्यानेजर, उद्यमीहरु वा अन्यलाई अध्यनकासाथै तालिममा सहभागि हुन आग्रह गरे ।
यसअघि कलेजका अध्यक्ष अशोक पालिखेले सहभागिलाइ स्वागत गर्दै कार्यक्रमले एकअर्कामा परिचित हुन पाउने, फरक फरक क्षेत्रका अनुभवहरु सिक्न पाउने र ति अनुभवकर्ताहरुलाई अझैं अब्बल बनाएर सफलताको उचाईमा पुर्याउन दिनभरी काम गरेर साँझको समयमा इएमबीएको पढाईको सुविधा रहेको बताए ।
यो कार्यक्रमका लागि पियूले राम्रो काम गरेको छ । हामीलाई बेला बेलामा दिईरहेको उत्साहले हौसला मिलेको छ । पालिखेले भने, हामी पियुको नजरमा परिरहनु, विद्यार्थीहरु डिन लिस्टमा परिरहनुको कारण कलेज र विद्यार्थीको परफरमेन्स नै भएको बताए । उनले इएमबीएको पहिलो व्याचकी करिष्मा खत्रीले पहिलो सेमेस्टरमा नेपाल टप गरेकोमा वधाई दिदैं एनटिएचएमसिलाई खुसी र गौरव बढाएको बताए ।





