बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

इन्द्रेणीको साधारण सभा

इन्द्रेणीको साधारण सभा


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०८२, सोमबार

पोखरा/पोखरा–१ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको ५६ औ साधारण सभा सम्पन्न भएको छ । २० वैशाख २०३७ मा स्थापना भएको केन्द्रको साधारण सभाको केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुलीले उद्घाटन गरेका थिए ।

साधारण सभाले केन्द्रले गत आर्थिक वर्ष २०८१/०८२ मा संचालन गरेको विभिन्न काम र गतिविधिको समीक्षासँगै चालु आर्थिक वर्ष २०८२/०८३ मा गर्न प्रस्ताव गरिएका कार्यक्रमहरु र त्यसलाई संचालन गर्न आवश्यक बजेटसमेत पारित गरेको थियो ।

सभाकै अवसरमा पोखरा–१ स्थित सामुदायिक विद्यालयहरुबाट २०८१ को एसइईमा उच्च अंक ल्याउने तीन र केन्द्रका सदस्यका छोरा छोरीहरुमध्ये चार गरी सात जनालाई सम्मान गरिएको थियो । सम्मान गरिएका विद्यार्थीहरुमा राष्ट्रिय माविका निश्चल देवकोटा, संस्कृतका सुनिल पौडेल र रत्नाका रोशनी गुरुङ रहेकी छन् । उनीहरुलाई जनही तीन हजार नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी केन्द्रका सदस्यका छोराछोरीहरु अभिषेक सुवेदी, असिन गौतम, संगीता भट्टराई र शिवा गिरीलाई पनि सम्मान गरिएको थियो ।

सभामा केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले केन्द्रको आयोजनामा आउँदो ६ देखि १५ भाद्रसम्म आयोजना हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ को तयारी तीव्र गतिमा भै रहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->