बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विजयपुर खोलाको डिलमा पार्क

विजयपुर खोलाको डिलमा पार्क


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०८२, सोमबार

पोखरा/पोखरा २६ को सक्नेरी नजिकविजयपुर खोलाको डिलमा पार्क बनाइएको छ ।

खोलाको डिलतर्फ तारबारसहितको व्यवस्थितसक्नेरी मिलन चौतारी पार्कभित्र हरियारी चौतारा,बाल उद्यान,खुल्ला ब्यायमशाला,प्रतिक्षालय र शौचालयसहितका पूर्वाधार बनाइएका छन् ।

पोखरा महानगरपालिका वडा नं. २६ को एक करोड ३५ लाख ९० हजारको आर्थिक सहयोग र स्थानीयको २७ लाख १६ हजार पाँच सय रुपैयाँको जनसहभागितामा पार्क निर्माण गरिएको हो । पार्कको पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा वोल्दै अध्यक्ष थापाले निर्वाचनको समयमा आफुले गरेका प्रतिवद्धताहरु क्रमशः पुरा गर्दै गएको बताए ।

पार्क ब्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तीर्थ राजभाट,लेखनाथ खानेपानी उपभोत्ता सस्थाका अध्यक्ष मुरारी शर्मा,समितिका सल्लाहकार भक्तवहादुर कार्की, खेमप्रसाद भण्डारी, उज्ज्वल आमा समूहकी उपाध्यक्ष शारदा बराल, सक्नेरी टोल विकास सस्थाका कार्यवाहक अध्यक्ष राममणि बराल, रामज्योति मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर थापा, भगवती हाईडोपावरका निर्देशक वसन्तमोहन भट्टराईलगायतले जनसहभागिता हुँदा विकास निर्माणका कामले गति लिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->