पोखरा/पोखरा २६ आर्थिक सहयोग र स्थानीयको जनसहभागितामा सोही वडाको खरानेफाँटस्थित पैते फेदीमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिएको छ ।
स्थानिय स्तरका बिभिन्न किसिमका कार्यक्रमदेखि तालिम, योगा सेन्टर र जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालनमा सहयोग पुग्ने गरि १४ लाख २० हजारको लागतमा भवन निर्माण गरिएको हो ।
स्थानिय खरानेफाँट टोल विकास सस्था,त्रिवेणी टोल बिकास संस्था,नमूना कृषक आमा समूह र तालवाराही आमा समूहकोदुई लाख २० र वडा कार्यालय पोखरा– २६ को १२ लाखको आर्थिक सहयोगमा भबन निर्माण गरी संचालनमा ल्याइएको हो ।
भवनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर –२६ का वडाअध्यक्ष नरेन्द्र थापाले स्रोत र साधान कम हुने योजना र ईच्याशित्त वढि हुदा सवै योजनाहरुलाई समावेस गर्न नसकिए पनि आफनो पहल कदमीमा नमूना वडा बनाउने योजनाका साथ अगाडी वढिरहँदा यहाँका जनताको साथ र सहयोग आवश्यक रहेको विचार राखेका थिए । साथै उनले जनताको खुसी नै जनप्रतिनिधिको सन्तुष्टि भएकाले अव बाँकी रहेको दुई वर्षको कार्यकालमा बाँकी रहेका योजनाहरुलाई पनि सम्पन्न गरिछाड्ने विश्वास ब्यक्त गरेका थिए ।
भवन निर्माण समितिकी अध्यक्ष अमृता वरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंम्बर २६का वडासदस्य तीर्थबहादुर राजभाट,भवन निर्माण समितिका सल्लाहकार हरिप्रसाद अधिकारीलगायतले जहाँ आवश्यकता त्यहाँ विकास भन्ने योजना र जनसहभागिता रहेमा सोचेभन्दा बढी बिकास गराउन सकिने सुझाव राखेका थिए ।
भवन निर्माण समितिका सचिव छविलाल लामिछानेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शान्ति पौडेल भवन निर्माणको आय ब्यय र आवश्यकताका बारेमा नमूना कृषक आमा समूहकी अध्यक्ष विष्णु ढकालले गरेकी थिइन् ।





