बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मावि लाई आर्थिक सहयोग

लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मावि लाई आर्थिक सहयोग


  • ढाेरपाटन संवाददाता
  • साउन २२ २०८२, बिहिबार

पोखरा/ लायन्स क्लब अफ पोखरा भैरवले पोखरा–१३, ढाँडबेँसीस्थित आर्वाविजय मा. वि. लाई बुधवार एक कार्यक्रमका बिच आर्थिक सहयोग गरेको छ ।

क्लबका अध्यक्ष रमेशकुमार बाटाजु र पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्रमान बिजुक्छेले संयुक्त रूपमा ४० हजार १५५ रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र प्रधानाध्यापक पद्मादेवी बराललाई हस्तान्तरण गरे । प्राप्त रकम विद्यार्थीलाई विद्युतीय तालिम प्रदान गर्न खर्च गरिने योजना बनाइएको विद्यालयका शिक्षक बाबुराम सुवेदीले जानकारी दिए ।

प्रमुख अतिथि बिजुक्छेले विद्यार्थीलाई सिपमूलक तालिमका माध्यमबाट स्वरोजगार बन्‍न कार्यक्रमले सहयोग पु¥याउने विश्‍वास व्यक्‍त गर्दै विद्यालय जस्तो पवित्र संस्थामा आएर सहयोग गर्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बरालले संस्थाले गरेको अमूल्य सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाबाट निरन्तर सहयोगको अपेक्षा राखे । कार्यक्रममा पूर्व अध्यक्ष समरबहादुर श्रेष्ठ र श्रीकृष्ण कतिलाले शुभकामना दिएका थिए । संस्थाका अध्यक्ष रमेशकुमार बाटाजुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विनोद द्वाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->