आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

धवलागिरी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा पढाइ

धवलागिरी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा पढाइ

साविकको धौलागिरी क्षेत्रका चार जिल्लामा रहेका क्याम्पसहरुमा बीआईसीटीई कक्षा सञ्चालन गर्ने धवलागिरी पहिलो क्याम्पस हो ।


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८२, शुक्रबार

बागलुङ/धवलागिरी बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन संकायतर्फ त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा नै सर्वोत्कृष्ट बनेको क्याम्पसले अब भने प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो ।

स्नातक तहमा यसै शैक्षिक सत्रदेखि प्राविधिक विषयको पठनपाठन सुरु भएको कार्यक्रम संयोजक शिव पौडेलले बताए । साविकको धौलागिरी क्षेत्रका चार जिल्लामा रहेका क्याम्पसहरुमा बीआईसीटीई कक्षा सञ्चालन गर्ने धवलागिरी पहिलो क्याम्पस हो ।

२१ औं शताब्दीको शिक्षक बन्ने विद्यार्थीको चाहना पूरा गर्ने, प्रविधि र शिक्षा दुवैमा दक्ष बनाउने अभियानअन्तर्गत प्राविधिक विषयमा पठनपाठन सुरु गरिएको पौडेलले बताए । बिआईसिटिई कार्यक्रमले शिक्षण र डाटा विश्लेषणमा नविनतम् प्रविधिको प्रयोग गर्न सक्ने जनशक्ति तयार गर्ने उनले बताए । डिजिटल युगमा अत्यावश्यक सुरक्षा सीप र नेटवर्क व्यवस्थापनमा दक्ष जनशक्तिको उत्पादन अव धवलागिरीमा नै हुने उनले दाबी गरे ।

बिआईसिटिई पढेका विद्यार्थीले सरकारी तथा गैरसरकारी संस्थामा रोजगारीका लागि तयार हुनुका साथै स्वरोजगार समेत बन्न सक्ने भएकाले यसको माग बढेको उनले बताए । क्याम्पसले विद्यार्थी र समयको मागलाई ध्यान दिएर प्राविधिक विषय पढाउन थालेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->