पोखरा/लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष वर्ष २०२५÷०२६ का लागि निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई लायन्स क्लव इन्टरनेशनल ३२५ आई की डिष्ट्रीक गभर्नर पार्वती खरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।
कार्यसमितिको प्रथम उपाध्यक्ष डमरुबल्लभ चापागाई, द्वितीय उपाध्यक्ष चिरञ्जीवी तिवारी, तृतीय उपाध्यक्ष महेन्द्र सिग्देल, सचिव केदारनाथ लामिछाने, कोषाध्यक्ष विष्णुबहादुर सुनार, सहसचिव सुन्दर ढकाल, प्रशासक भुवन श्रेष्ठ तथा सदस्यहरु डा. प्रकाश भट्राई, ओमप्रकाश पौडेल, शिवप्रसाद लामिछाने, रविलाल सुवेदी, सुर्यप्रसाद तिवारी, शिवप्रसाद बास्तोला रहेका छन् ।





