आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा गाइजात्रासँगै बास्सा नाच देखाइयो

बागलुङमा गाइजात्रासँगै बास्सा नाच देखाइयो

यो नाच प्रताप मल्लकै पालामा चलेको विश्वास गरिन्छ । शोकमा डुबेकी रानीलाई खुसी पार्न प्रताप मल्लले थालेको गाइजात्रा जस्तै सामाजिक अगुवाहरुको निधनमा बास्सा नाच समेत देखाउने गरिन्थ्यो । सोही चलन अनुसार बागलुङमा शुरुमा समाजमा विशिष्ट योगदान भएका व्यक्तिको निधनमा देखाउने गरिएकोमा आजभोलि सबैको सम्झनामा सामूहिक रुपमा देखाउन थालिएको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८२, सोमबार

बागलुङ/गाइजात्राको अवसरमा बागलुङका नेवार समुदायले मृतक परिवारको सम्झनामा गाईको आकृति बनाएर सम्झना गरेका छन् । गाइजात्राकै दिन लोपोन्मुख जस्तै मानिने बास्सा नाच पनि देखाईएको छ ।

बागलुङका नेवारहरु भक्तपुरबाट बसाइ सरेर आएको किंवदन्ती छ । उनीहरुले आउँदा ल्याएको संस्कृतिको रुपमा बास्सालाई पनि लिने गरिन्छ । गाइजात्राको अवसर पारेर गाईसँगैै मृतकका घर परिवारलाई सान्त्वना दिन यो नाँच देखाइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश राजभण्डारीले बताए । उनका अनुसार, यो नाच प्रताप मल्लकै पालामा चलेको विश्वास गरिन्छ ।

शोकमा डुबेकी रानीलाई खुसी पार्न प्रताप मल्लले थालेको गाइजात्रा जस्तै सामाजिक अगुवाहरुको निधनमा बास्सा नाच समेत देखाउने गरिन्थ्यो । सोही चलन अनुसार बागलुङमा शुरुमा समाजमा विशिष्ट योगदान भएका व्यक्तिको निधनमा देखाउने गरिएकोमा आजभोलि सबैको सम्झनामा सामूहिक रुपमा देखाउन थालिएको हो ।

एक व्यक्तिको एक नाच देखाउँदा खर्च धेरै लाग्ने भएपछि सामूहिक गरिएको हो । मंकाखलका पूर्व अध्यक्ष काजी गाउँले श्रेष्ठका अनुसार सामाजिक योगदान भएका व्यक्तिको स्तुतीगान गाउने, उनीहरुको जीवनीबारे गीत बनाएर गाउने, राम, सीता, लक्ष्मण र हनुमान बनाएर नचाउने चलन नै बास्सा नाँच हो । यस्तो चलनले शोकमा डुबेका परिवारलाई सन्तोष मिल्ने, मृत आत्माले पनि शान्ति प्राप्त हुने विश्वास गरिन्छ ।

बागलुङमा बास्सा नाच हरेक वर्ष गाइजात्राकै दिन निकाल्ने चलन छ । तर यो नृत्य धेरै खर्चिलो छ । कोरियोग्राफर र कलाकार चाहिने, गीत गाउनेदेखि नाच्ने समेत गर्दा कलाकारिता गर्ने मात्रै २० जनाभन्दा धेरै चाहिने भएपछि बास्सा नाच लोपोन्मुख छ । धेरैजना कलाकार र अन्य सामाग्री जुटाएर मात्र यो नाँच देखाउने गरिएको छ । ‘यो धेरै खर्चिलो पनि छ, जोहो गर्न समस्या हुन्छ’ श्रेष्ठले भने भने, ‘धेरै विधिपूर्वक गरिन्छ त्यसका लागि जानेबुझेका अगुवा पनि जुटाउनुपर्छ ।’

यो नाचसँगै मृतकको इतिहास, योगदान र व्यक्तित्वबारे धेरै लेखिनु पर्छ । गीत पनि उनको स्मृतिमा लेखिएपछि गाइजात्राको दिन दिनभरी गाएर समूहले बजार परिक्रमा गर्नुपर्छ । आइतबार यहाँका नेवारहरुले ८ जना मृतकको गाइजात्रा निकालेका थिए । गाइ र बास्सालाई बाजागाजा, भजनकृतनसहित बजार परिक्रमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->