पोखरा/धार्मिक पर्यटन प्रवद्र्धनका लागि लायन्स क्लब पोखरा चौतारीले अभियान चलाएको छ । पूर्वीय धर्म,संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन लागि गण्डकी प्रदेशका विभिन्न धार्मीक क्षेत्रको अवलोकन तथा भ्रमण गर्दै प्रवद्र्धन गर्दै आएको हो ।
क्लवका सदस्यहरुले हिन्दु धर्म अनुसार पवित्र मानिने साउन महिनाको अवसर पारेर स्याङ्जाको भीरकोटमा रहेको छाँयाक्षेत्र (छाङ्छाङ्दी) मन्दिरमा पूजाआजा तथा विविध धार्मीक गतिविधिमा सहभागी अध्यक्ष पर्शुराम पौडेलले जानकारी दिए ।
छाँयाक्षेत्र मन्दिरमा आयोजना गरिएको पर्यटन प्रवद्र्धन छलफलमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल राजमार्गसँगै भएकोले पनि धार्मिक पर्यटनको राम्रो सम्भावना भएको बताए ।
मन्दिरका अध्यक्ष पितम्वर श्रेष्ठले बृहत गुरुयोजना निर्माण गरी मन्दिरको व्यवस्थापन गर्ने काम गरिरहेको जानकारी दिए ।





