बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा आउँदै कोमागानेका मेयर

पोखरा आउँदै कोमागानेका मेयर


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०८२, मंगलबार

पोखरा/पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध भएको जापानको कोमागाने नगरका प्रमुखको निकट भविष्यमा पोखरामा हुने भ्रमणका विषयमा जापानको नागानो प्रीफेक्चरको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ ।

नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा कोमागाने नगरका प्रमुख लगायत कोमागाने चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको पोखरा भ्रमणको तयारी र सन्दर्भका विषयमा छलफल भएको हो ।

उक्त भ्रमणका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोमागाने नगरका प्रमुख युजो इतोकाबीचमा महत्वपूर्ण विषयहरूमा समझदारी हुनेछ । दुई नगरबीचमा दुई पक्षीय सांस्कृतिक आदानप्रदान, सूचना प्रविधि, जनशक्ति, पर्यटन तथा व्यवसायीक साझेदारी, एक अर्कामा सहयोग आदानप्रदानलगायत विषयहरूमा समझदारी गर्दै सर्वप्रथम सन् २००१ मा भगिनी सम्बन्ध कायम गरिएको थियो ।

दुई नगरका बिचमा भगिनी सम्बन्ध स्थापना भएको रजत वर्षका अवसरमा हुन लागेको नगर प्रमुख इतोको पोखरा भ्रमणका क्रममा साझेदारी र दुई पक्षीय सम्बन्धको नयाँ श्रृखला सुरु गरिने नगर प्रमुख आचार्यले बताएका छन् ।

उनका अनुसार पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार तथा प्रवद्र्धन गर्नेदेखि लिएर रोजगारी, अध्ययन र सीप विकासका सन्दर्भमा दुईपक्षिय हितलाई महत्व दिइनेछ ।

टोलीमा जापानको तर्फको कासुनोरी कोबाईसी, ताकासी ओकुबो, एनआरएनए नागानो केन प्रीफेक्चर जापानका अध्यक्ष जीवन पौडेल क्षेत्री र पोखरा कोमागाने मैत्रीपूर्ण सम्बन्ध संयोजक उत्तमराज कायस्थ रहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->