बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कुश्मा–६ वडाले आफ्नै भवनबाट सेवा दिन थाल्याे

कुश्मा–६ वडाले आफ्नै भवनबाट सेवा दिन थाल्याे


  • ढाेरपाटन संवाददाता
  • साउन २७ २०८२, मंगलबार

पर्वत /लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको कुश्मा नगरपालिका वडा नं ६ कार्यालयले अवदेखि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेकाे छ । बान्द्रेवेणी चौरमा रहेको सार्वजानिक भवनमा वडा कार्यालय सारिएसंगै कार्यालय भाडा तिर्नुपर्ने बाध्यतासमेत हटेको छ । यसअघि कार्यालय बगैँचा चोकमा भाडाको घरमा थियो ।

संघिय खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कास्कीले बहुउदेश्य प्रयोजनका लागि बनाएको भवनमा वडा कार्यालय सारिएको हो । वडा कार्यालयको सोमबार वडाध्यक्ष र्इश्वर गिरीले उद्घाटन गरे । उक्त अवसरमा अध्यक्ष गिरीले वडा कार्यालय साँघुरो र सेवाग्राहीका लागि असुविधाजनक भएकाले कार्यालय नयाँ स्थानमा सारिएको बताए । उनले नयाँ कार्यालयबाट सेवाप्रवाह थप प्रभावकारी भएर नागरिकले समयमै सेवा पाउने वातावरण बनेको जनाए ।

उद्घाटन कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ७ का अध्यक्ष पशुराम पुरी, २ का अध्यक्ष लालकृष्ण बास्तोला, नेपाली काँग्रेस पर्वतका पार्टी उपसभापति शिवप्रसाद सुवेदी, नेकपा एमाले पर्वतका पार्टी सचिव सुवासचन्द्र पौडेल, सामुदायिक सेवा समाजका अध्यक्ष मानकुमारी गिरी, नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य दिपुवाबु गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  वडाअध्यक्ष इश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडासदस्य प्रकाश पौडेल र संचालन वडासचिव अजिता शर्माले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->