बागलुङ/यहाँ आयोजित एक कार्यक्रमका सहभागीले आदिवासी जनजातीका आवाजलाई बाहिर ल्याउन पत्रकारको भुमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज बागलुङले २६ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको पत्रकारितामा जनजातीको सवाल बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले हरेक समुदायका आवाजलाई बाहिर ल्याउन हरेक पत्रकारले कमल चलाउनुपर्ने बताएका थिए ।
दुरदराजमा रहेको र पछाडि परेका समुदायको आवाजलाई कलमको माध्यमबाट पत्रकारहरुले बाहिर ल्याउन जरुरी रहेको बताउँदै सहभागीले सूचनाको हकको विकासका लागि सबै पत्रकारहरु एक हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्य समिति बागलुङका प्रमुख अमरबहादुर थापा मगरले पत्रकारहरुले आफ्नो भुमिकालाई सशक्त बनाउँदै खोजमुलक क्षेत्रमा ध्यान केन्द्रित गनुपर्ने बताए । उनले नीति निर्माण गर्ने क्षेत्रमा पहुँच नपुगेको कारण अधिकार स्थापित हुन नसकेका समुदायको सारथी पत्रकार बन्नुपर्नेमा जोड दिए ।
आफ्ना मुद्धाहरुलाई स्थापित गर्नका लागि र देखिएका समस्या समधानका लागि लक्ष्य निर्धारण गरेर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिंदै उनले आदिवासीको पहुँच वृद्धि गर्नका लागि आदिवासी पत्रकार मात्र नभएर सबै पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य गणेश थापा मगर, जिल्ला अध्यक्ष श्यामबहादुर पुनमगर, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजका केन्द्रिय पार्षद यामबहादुर थापा मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज बागलुङका पुर्व अध्यक्ष संगम घर्ती मगरले प्रस्तुत गरेको कार्यपत्रमाथि पत्रकार अर्जुन कार्की, खेमराज गौतम सुवास, मनिष थापा र विनोद प्रतिक थापाले आफ्नो धारण राखेका थिए ।
कार्यक्रम नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज बागलुङका अध्यक्ष डम्मर बुढा मगरको अध्यक्षता, कोषाध्यक्ष तिलक घर्ती मगरको स्वागत र सचिव बलबहादुर रोका मगरको संचालनमा सम्पन्न भएको थियो ।





