आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तीन पत्रकारसहित चार जना सम्मानित

तीन पत्रकारसहित चार जना सम्मानित


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८२, बुधबार

बागलुङ/जिल्लाको कुँडुले फेदीस्थित श्रीरङ्गवैकटेस मुक्तिनारायण मन्दिरका संस्थापक संरक्षक स्वामी श्रीधराचार्य त्रिदण्डी रामानुज जियर स्वामीजी महाराजको ८६ औं जन्मक्षेत्र अवसरमा तीन पत्रकारसहित चार जनालाई सम्मान गरिएको छ ।

बैकुण्ठवासी स्वामी श्रीधराचार्यको जन्मोत्सव मनाउने कार्यक्रमअन्तर्गत तेश्रो दिन पत्रकार कोपिला कँडेल, राजेशचन्द्र राजभण्डारी, सुवास आचार्यलाई सम्मान गरिएको हो । कँडेल धौलागिरि एफएम, राजभण्डारी एभीन्युज टिभी र आचार्य माउन्टेन टिभीमा आवद्व छन् । सो अवसरमा प्रचार प्रसारमा सहयोग पु¥याएको भन्दै केशव कार्कीलाई सम्मान गरिएको थियो ।

सम्मानित सबैलाई श्री यतिराज आश्रम पाङ्ग सहस्रधाराका मठाधिश श्री १ हजार ८ स्वामी नारायणाचार्य र रंङ्गवैकटेश मुक्तिनारायण मन्दिरका अध्यक्ष तथा शालग्राम संग्राहालयका परिकल्पनाकार संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले नगदसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा श्री यतिराज आश्रम पाङ्ग सहस्रधाराका मठाधिश श्री १ हजार ८ स्वामी नारायणाचार्य, बागलुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज पौडेल र सम्मानित व्यक्तित्व राजेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए । श्रावण २५ देखि २७ गतेसम्म संचलित जन्मोत्सव कार्यक्रममा अखण्ड श्रीहरि नाम संकीर्तन, १००८ आवृत्ति श्री विष्णु सहस्रनाम पाठ, आचार्य आराधना र प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->