स्याङ्जा/पुतलीबजार १३ मा रहेको महेन्द्र आधारभुत विद्यालयमा मुक्रिनाथ विकास बैँकले विद्यार्थीलाई विद्यालय पोशाक र विद्याललाई कम्प्युटर सेट प्रदान गरेको हो ।
जनता बैंकसम्म होइन बैंक जनतासम्म जानुपर्दछ भन्ने मुख्य उद्देश्यले पुतलीबजारमा २०६३ सालमा केन्द्रिय कार्यालय स्थापना भएको मुक्तिनाथले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ५३ जना विद्यार्थीलाई पोशाक र विद्यालयलाई एक थान कम्प्युटर प्रदान गरेको हो ।
बैंकका संचालक भरतप्रसाद लम्सालले जनताले मुक्तिनाथ विकास बैकलाई गरिरहेको मायालाई निभाउनका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम लिएर जनतासामु आएको बताउए । नगरपालिकामै आधारभुत विद्यालयमा पहिलो भएको यस विद्यालयको शैक्षिक क्षेत्रको विकासको लागि सदैब सँगै रहने प्रतिबद्धता लम्सालले व्यक्त गरे ।
कार्यक्रममा पुतलीबजार १३ का वडा सदस्य सुर्य बहादुर रोकाहा, मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रबन्धक ऋषि ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । १९ वर्ष पहिला स्थापना भएको बैँकको देशभर १७८ शाखा रहेका छन् भने काठमाडौँको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको छ ।





