आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल भारत मैत्री संघद्धारा शैक्षिक सामाग्री वितरण

नेपाल भारत मैत्री संघद्धारा शैक्षिक सामाग्री वितरण


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०८२, शुक्रबार

बागलुङ/नेपाल भारत मैत्री संघ बागलुङले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । संघले बागलुङ नगरपालिका वडा नं. १ मा रहेको रामरेखा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष एवं समाजसेवी केवी राना मगरले नेपाल भारत मैत्री संघले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग गरेको बताए । उनले भारत मित्रराष्ट्र भएकोले सहयात्रा र सहकार्य निरन्तर रहने पनि बताए ।

कार्यक्रममा बालकक्षादेखी आधारभुत तहसम्म अध्ययनरत १ सय ३२ जना विद्यार्थीका लागि कापी वितरण गरिएको थियो । विद्यालयमा विपन्न परिवारका विद्यार्थीहरु पढ्छन् । सन् १९४७ अगस्ट १५ मा भारत स्वतन्त्र भएको स्मरणमा स्वतन्त्रता दिवश मनाइन्छ ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जयबहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र बहादुर केसी लगायतले विभिन्न छात्रवृत्ति र सहयोगकै कारण विद्यार्थीको पढ्ने वातवारणमा हौसला प्रदान हुने बताएका थिए । कार्यक्रम नेपाल भारत मैत्री संघ बागलुङका अध्यक्ष गणेश लम्सालको अध्यक्षता, उपाध्यक्ष सुमन भुषालको स्वागत, सचिव श्रीकृष्ण पौडेलको संचालनमा भएको कार्यक्रममा प्रध्यानाध्यापक सिर्जना शर्माले धन्यवाद दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->