बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तायाः मचाको उपाधि गैह्रापाटन र भण्डारढीकलाई

तायाः मचाको उपाधि गैह्रापाटन र भण्डारढीकलाई


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८२, सोमबार

लेखनाथ/लेखनाथमा भएको २६ औं तायाः मचा प्रतियोगिताको उपाधि गैह्रापाटन तायाः मचा र भण्डारढीक तायाः मचाले जितेको छ । नेवाः खल कास्कीको आव्हान र शिशुवा नेवाः खलको आयोजनामा पोखरा ३० शिशुवामा सम्पन्न भएको प्रतियोगिताको पुरुषतर्फ पोखराको गैह्रापटन र महिलातर्फ लेखनाथको भण्डारढीक समुहले उपाधि जितेको हो । गैह्रापाटनले एक लाख ११ हजार १११ तथा भण्डारढीकले ४० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा पुरुष तर्फ सरस्वती तायाः मचा समिति तेर्सापट्टि पोखरा ३ दोस्रो , सिंहनाथ तायाः मचा मोहोरीया पोखरा २ तेस्रो र भिमसेन टोल तायाः मचा सान्त्वना भए । यस्तै महिला तर्फ राजाकोचौतारा नेवाः खल पोखरा ३२ दोस्रो, लामाचौर तायाः मचा समिति पोखरा १९ तेस्रो र नदिपुर तायाः मचा समिति पोखरा ३ ले सान्त्वनास्थान हासिल ग¥यो ।

प्रतियोगितामा पुरुषतर्फ दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीले क्रमश ७७ हजार सात सय ७७, ५५ हजार पाँच सय ५५ र २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त ग¥यो । महिलातार्फको दोस्रो, तेस्रो र सान्त्वना हुने टिमले क्रमशः ३०, २५ र २० हजार रुपैयाँ प्राप्त ग¥यो । सहभागी सबै टिमलाई १५÷१५ हजार प्रदान गरिएको थियो ।

प्रतियोगिताबाट नेवार समुदायको मौलिक संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । वि स २०५४ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको छ ।

प्रतियोगितामा आफ्नो धारणा व्यक्त गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो नेवारी समुदायको मात्र नभइ समग्र पोखराको पर्व रहेको बताए । यस्तै विकासका निर्माणको काममा स्थानिय स्तरबाट हुने गरेका अवरोधले विकास निर्माणका काम नै प्रभावीत भएको र अवरोध गर्ने काम बन्द गर्न आग्रह गरे ।

प्रतियोगिताका मुल संयोजक अर्जुन कुमार ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर ३० का बडाअध्यक्ष दुर्गा प्रसाद सुवेदी,रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझा,नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे र नेवा खल लेखनाथका अध्यक्ष भैरवलाल श्रेष्ठ लगाएतले नेवाः संस्कृतिले समुदायिक एकता र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै तायाः मचा नेवारी समुदायको मात्र पर्व नभइ सवै जात जातीको मौलीक सस्कृती र नेपालको पहिचान भएको बताएका थिए ।

प्रतियोगितामा ३५ टिमको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक शिसुवा नेवा ःखल,पहिलो पटक भाग लिएको घाचोक नेवाः खल र गत वर्षको विजेता वागवजार नेवाः खलले अप्रतियोगिका रुपमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->