बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल प्राथमिक तह (१–३) अन्तर्गतका शिक्षक-शिक्षिकाहरुले मानव सेवा आश्रम बागलुङमा दर खाने कार्यक्रम सम्पन्न गरेका छन् । ‘सेवा नै धर्म हो’ भन्ने मान्यताका साथ चिल्ड्रेन लाइफको प्राथमिक तह (१–३) का शिक्षक-शिक्षिकाहरुले ६६ जना जेष्ठ नागरिक तथा र असहायका लागि दर खाने कार्यक्रम आयोजना गरेका हुन् ।
सो अवसरमा संयोजक जीवन रोकाले स्कुलले बिभिन्न समयमा आश्रममाआई सहयोग गर्दै आइरहेको बताए । तीजमा दर खाने कार्यक्रमलाई भड्किलो गरी मनाउनु भन्दा दुःखी असहायको बीचमा मनाउँदा हजार गुणा खुसी मिल्ने उनको भनाई थियोे । उनले तीजका अवसरमा देशविदेशमा रहेका दिदीबहिनीहरुलाई हरितालिका तीजको शुभकामना व्यक्त गर्दै तिज पर्वलाई भड्किलो नबनाउन समेत अनुरोध गरेका छन् ।







