आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पत्रकार महासंघ बागलुङको दरखाने कार्यक्रम

पत्रकार महासंघ बागलुङको दरखाने कार्यक्रम


  • संगीता रेग्मी
  • भाद्र ६ २०८२, शुक्रबार
तस्बीरः ढोरपाटन

बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङको आयोजनामा तिजको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा महासंघले पदाधिकारी, पूर्वपदाधिकारी, सदस्य र विभिन्न संचार माध्यममा काम गर्ने कर्मचारी तथा संचारकर्मीलाई दर खुवाएको हो ।

पत्रकार र संचारमाध्यममा काम गर्ने संचारकर्मीबीच सम्बन्ध प्रगाढ बनाउने र महिला संचारकर्मीलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ले बताए । कार्यक्रममा पुर्व अध्यक्ष, गण्डकी प्रदेश सदस्य लगायतको सहभागिता थियो । कार्यक्रममा महासंघकी उपाध्यक्ष सिर्जना पन्तले सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->