पोखरा/ जिल्ला समन्वय समिति कास्कीको आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । सभाको जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्य एबम जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्य एबम मुस्ताङका प्रमुख माया गुरुङ, जिसस लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, जिसस कास्कीका प्रमुख लिलाधर पौडेल, जिसस तनहुँका प्रमुख शान्तीरमण वाग्लेले उद्घाटन गरेका थिए ।
जिल्ला समन्वय समिति महासंघ गण्डकीका अध्यक्ष समेत रहेका जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले जिल्ला समन्वय समिति बर्तमान संविधानको मर्म अनुसार क्रीयाशिल रहेको भन्दै थप सबलीकरणमा प्रदेश सरकार उदासिन देखिएको बताए । प्रदेश सरकारले आबश्यक कानुनी ब्यबस्थाका लागि चासो नदेखाउनु चिन्ताको बिषय भएको उनको भनाई थियो । प्राप्त कानुनी र संबैधानिक ब्यबस्था अनुसार उच्च प्रतिफल प्राप्त हुने गरेर काममा निरन्तर लागि रहेको उनले बताए । पौडेलले गण्डकी प्रदेश सरकार जिसस लाई कानुनी ब्यबस्था गर्न लाग्नु पर्ने ठाउँमा उल्टो संविधान बिपरित निरन्तर बेवास्ता गर्नु शुभ लक्षण नभएको उल्लेख गरे । ‘कहिले जिल्ला समन्वय प्रमुखको नेतृत्वको अस्पताल ब्यबस्थापन समिति बनाएको छ, लगत्तै खारेज गरेको छ । जिल्ला समन्वय समितिलाई भनेर बजेट छुट्ट्याउने तर कानुनी झन्झट देखाएर बिनियोजित बजेट समेत कटौती गर्ने गण्डकी प्रदेश सरकारका अस्थिर रवैयाले काम गर्न अप्ठ्यारो भएको छ’ उनले भने, ‘बिना अध्ययन नीति बनाउनु र बिना विश्लेषण खारेजी गर्नु प्रदेश सरकारको अपरिपक्व काम मात्रै होइन, जिसस प्रतिको अनुदार र असहिष्णु व्यवहार हो ।’
सो अबसरमा करार तथा ज्यालादारीमा ३० वर्र्षभन्दा बढी समय सडक डिभिजन कार्यालय पोखरा कार्यालय मार्फत सेवा प्रदान गर्ने कर्मचारीहरू ढाकाराम पोख्रेल, बिश्वनाथ पौडेल र सुन्तली बिकलाई नगदसहित सम्मान गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए । सभामा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बराल, पोखरा उद्योग बाणिज्य संघका महासचिव शोभा गौतम, साबिक जिल्ला बिकास समिति कास्की उप– सभापति श्रीनाथ बराल, साबिक जिल्ला बिकास समिति कास्कीका सभापति पुण्यप्रसाद पौडेल, जिसस कास्कीका पूर्वप्रमुख बैनबहादुर अधिकारी क्षेत्री, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर क्षेत्री ,जिसस महासंघका केन्द्रिय सदस्य एबम बागलुङका प्रमुख अमरबहादुर थापा, जिसस महासंघका केन्द्रिय सदस्य एबम मुस्ताङ प्रमुख माया गुरुङ, जिसस लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, तनहुँका प्रमुख शान्तीरमण वाग्ले, स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले शुभकामना मन्तव्य दिएका थिए ।
सभाले जिल्ला समन्वय समिति कास्कीको आन्तरिक नियन्त्रण कार्यबिधी र आन्तरिक आय ब्यबस्थापन सम्बन्धि कार्यबिधी पारित गरेको छ । जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उप– प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेको जिसस कास्कीका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिए ।




